पुस्तक समिक्षा : समृद्ध तर कमजोर भारत ?
Posted by
purwanews
Published on
Thursday, July 11, 2013
"संस्थापनपक्षीय भारतको सत्तोसराप गर्ने अरुन्धती रोयभन्दा दासका विचार नितान्त फरक छन्। रोय सकारात्मक कुरा कम देख्छिन्, दासचाहिँ नकारात्मक कम देख्छन्। सारमा, पछिल्ला वर्ष भारतीय अर्थतन्त्रको प्रदर्शन धेरै उत्साहजनक नरहेको सन्दर्भमा दासका प्रस्तावित मन्त्रहरू भारतलाई समृद्ध बनाउने सञ्जीवनी बुटी हुन सक्छन्।"
त्यहाँ अर्थात् भारतमा नियमित र निष्पक्ष निर्वाचन हुन्छ, समावेशी राजनीतिक व्यवस्था र उदाउँदो अर्थतन्त्र छ, गरिबीको खाडलबाट जनजीवन धमाधम मध्यमवर्गमा रूपान्तरति हुँदै छ। यो भारतीय प्रजातन्त्रको पहेली पनि हो। तर पनि, गुरुचरण दासको धारणामा भारत दिनानुदिन असफल राष्ट्र बन्दै छ। आफ्नो पुस्तक अ लिबरल केस फर अ स्ट्रङ् स्टेट ः इन्डिया ग्रोज एट नाइटमा दासले भारतलाई असफल राष्ट्र बन्नबाट जोगाउने मन्त्रहरू दिएका छन्। कमजोर राज्य संयन्त्र भए पनि भारत विश्वशक्ति बन्ने होडमा किन दगुररिहेको छरु तीव्र प्रगतिका बाबजुद मध्यमवर्ग किन असन्तुष्ट छरु चीन र अमेरिकालाई टक्कर दिन भारत कहिले सफल हुन्छरु यस्ता प्रश्नका सहज तर दर्शनमिश्रति उत्तर छन् पुस्तकमा। त्यहाँको प्रशासन, प्रहरी र न्यायमा सुधार आए मुलुक बलियो विश्वशक्ति बन्ने जिकिर गर्दै दासले यी तीनै पक्ष एकअर्काका परस्पर विरोधी भएकाले नै भारत कमजोर हुँदै गएको जिकिर गरेका छन्।
आधुनिकीकरण र विकासको प्राचीन सिद्धान्त अनुसार राजनीतिक, आर्थिक र सामाजिक विकास सँगसँगै भए मात्र राष्ट्र सफल बन्न सक्छ। स्वतन्त्र भएपछि भारतले जवाहरलाल नेहरुको नेतृत्व पायो। उनले अँगालेको समाजवादी धारले आर्थिक विकासलाई द्रुत गतिमा अघि बढाउन सकेन। राजनीति अघि बढ्यो तर अर्थतन्त्र जहीँको तहीँ रह् यो। दासको भनाइमा समस्याको जड यही थियो। फेरि, इन्दिरा गान्धीको कालमा उनको राजनीतिक महत्त्वाकांक्षाका कारण भारत नराम्ररी पिल्सियो र कमजोर बन्यो। त्यसैले स्वतन्त्रतापछिको भारतले एउटा मोहनदास करमचन्द गान्धी खुब मिस गरेको उनको ठहर छ।
भारतीय शासन व्यवस्थाको मोडल गजब छ। पुँजीवाद झाँगिनुअघि मुलुक स्वतन्त्र हुन पायो। आर्थिक वृद्धि पिँधबाट सुरु हुँदै निर्यात होइन, आन्तरकि मागबाटै आर्थिक दर उकालो लाग्यो। तर, भित्रभित्रै भ्रष्टाचार गाँजियो। भर्खर जन्मिएको बच्चाले समेत भ्रष्टाचारको जालो पार गर्दै हुर्किनुपर्यो, जन्मदर्ता प्रमाणपत्र लिँदा कर्मचारीलाई घूस दिएर। यतिसम्म कि भ्रष्टाचार निर्मूल गर्न वर्तमान प्रधानमन्त्री मनमोहन सिंह सक्षम हुने जनताको विश्वासमाथि पनि असिना बर्सियो।
केवल प्रजातन्त्रले आर्थिक समृद्धि नदिने बुझेर लाइसेन्स राजुको अन्त्यपछि सन् १९९१ मा आर्थिक उदारीकरण भयो। त्यसको दुई दशक बित्दा भारतले आफूलाई अत्यन्त कमजोर राष्ट्रबाट विश्वका शक्तिशाली राष्ट्रमध्ये एकको रूपमा स्थापित गरायो। तैपनि, त्यहाँको अर्थतन्त्र, समाज, मान्यता र राजनीतिक अवस्था खोतलेर हेर्दा समस्या बीसको उन्नाइस मात्र भएको देखिन्छ। दासका अनुसार सम्पूर्ण राजनीतिक दल र कर्मचारी वर्गले बदमासी गरे, आफ्नो धर्म निर्वाह गर्न सकेनन्, जतासुकै परिवारवाद हावी भयो। मुलुक धराशयी हुँदै गयो। उतिबेलाको मागै कसिलो समाजवादी व्यवस्था रहेको तर्क गर्दै उनी नेहरुले निर्माण गरेको जग इन्दिरा गान्धीले ध्वस्त बनाएको आरोप लगाउँछन्। त्यसका लागि युवापुस्ताको नेतृत्वसहितको स्वतन्त्र दलको परकिल्पना पनि उनी गर्छन्। त्यसमा प्रभावकारी र इमानदार नागरकि समाजको पनि बलियो पकड हुनुपर्ने मान्छन्। पहिलो पुस्ताको आर्थिक क्रान्तिले उल्लेख्य सुधार त गर्यो तर अवस्थामा भनेजस्तो परविर्तन आएन। त्यस कारण दोस्रो पुस्ताको नेतृत्वसहितको प्रशासनिक क्रान्तिले भारतका समस्या समग्रमा समाधान गर्न सक्ने र त्यसमार्फत प्रभावकारी राज्यसंयन्त्र निर्माण हुने आकलन दासको छ।
सफल राष्ट्र राजनीतिक रूपमा स्वतन्त्र, प्रजातान्त्रिक र जवाफदेही हुन्छ, कानुनी शासन हुन्छ, आर्थिक रूपमा समृद्ध हुन्छ, समाज समतामूलक, समावेशी र शान्तिपूर्ण हुन्छ। जनताबीचको खाडल पुर्न सरकार सक्रिय रहन्छ। यी विशेषताबीच भारतले आफूलाई कहाँनिर राख्नेरु पुस्तकमा गम्भीर प्रश्न उठाइएको छ। हुन त अमेरकिा, चीन र बेलायतजस्ता राष्ट्रसँग भारतको भरमार तुलना गर्न चुकेका छैनन् लेखक। विशेषतः आफ्नो प्रतिद्वन्द्वी मुलुक चीनसँग तुलना गर्दै उनी भन्छन्, चीन कमजोर समाज भएको बलियो राज्य हो र भारतचाहिँ बलियो समाज भएको कमजोर राज्य। भविष्यमा दुवै देश उत्तिकै समृद्ध हुने र मध्यम वर्गको पनि उल्लेख्य वृद्धि हुने भविष्यवाणी पनि गर्छन् उनी।
भारतीय जनसंख्याको आधा भाग मध्यम वर्ग हुने दिन त्यहाँ परविर्तन अवश्यम्भावी रहने ठहर दासको छ। मध्यम वर्गलाई विशेष शक्ति मान्दै उनी ती वर्गकै कारण भारतले निरन्तर प्रगति गररिहेको तर्क गर्छन्। तर, तल्लो तहमा रहेका जनताको समस्या समाधान नभएसम्म मध्यम वर्गको प्रगति पनि निरर्थक हुने ठान्छन् उनी। लेख्छन्, यस कारण भारतले साँच्चै नै सफल राष्ट्रको दर्जा हासिल गर्न सक्दैन। जनतामाझ निराशा कायम रहे उनीहरूले सैनिक सरकारको समर्थन गर्नसमेत नचुक्ने चेतावनी दिन्छन् उनी।
पुस्तकमा थुप्रै विचार दोहोरिएका छन्। तर, वनमारा झारझैँ भारतमा फैलिएको माओवादी समस्याजस्ता उठाइनैपर्ने केही सवालमा भने लेखक बिलकुल मौन छन्। संस्थापनपक्षीय भारतको सत्तोसराप गर्ने अरुन्धती रोयभन्दा दासका विचार नितान्त फरक छन्। रोय सकारात्मक कुरा कम देख्छिन्, दासचाहिँ नकारात्मक कम देख्छन्। सारमा, पछिल्ला वर्ष भारतीय अर्थतन्त्रको प्रदर्शन धेरै उत्साहजनक नरहेको सन्दर्भमा दासका प्रस्तावित मन्त्रहरू भारतलाई समृद्ध बनाउने सञ्जीवनी बुटी हुन सक्छन्।
अ लिबरल केस फर अ स्ट्रङ् स्टेट ः इन्डिया ग्रोज एट नाइट
लेखक ः गुरुचरण दास
प्रकाशक ः पेंगुइन बुक्स
पृष्ठ ः ३०७
मूल्य ः ५९९ भारु
-( सीपी अर्याल)

प्रतिक्रिया दिनुहोस् >>