पूर्वी नेपालमा भीषण वर्षापछि बाढी (फोटो फिचरसहित)

दुई दिनयताको भीषण वर्षाको कारण पूर्वी नेपालका खोला तथा नदीमा बढेको पानीको बहाव वर्षा रहेसँगै दिउँसोबाट घटेको छ ।
पुर्वी नेपालका सबैजसो खोला तथा नदीमा पानीको बहाव बढेको छ । जसका कारण खोला छेउका वस्तीहरु डुबानमा पर्ने क्रम सुरु भएको छ । पछिल्लो एक दशक यताकै सबैभन्दा धेरै वर्षा भएको स्थानियको अनुभव छ ।
झापाको गेउरिया खोला अन्तर्गत लखनपुर १ मा रहेको डाइभर्सन भत्किँदा पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । कोशीमा पानीको बहाव दुई लाख क्युसेक नाघेपछि ब्यारेजमा रातो झण्डा फहराइएको छ भने रातो बत्ती समेत बालिएको छ । झापामा बाढीको कारण दुई जनाको मृत्यु भएको छ । पाँचगाछी १ मा एकजना ४० वर्षिया महिलाको शव फेला परेको छ भने झापाको शरणामती ८ का २ वर्षिय रोहमन करमकरको नालामा डुबेर मृत्यु भएको छ ।
यसअघिका वर्षाहरुमा बाढी नआउने खोलाहरु पनि यो वर्ष गाउँ पसेका छन् । इटहरीको टेंग्रा खोला दश वर्षपछि गाउँ पसेको छ । यस्तै बक्लौरीको सेउती खोला पश्चिमतर्फ डाइभर्ट हुँदा गाउँ तथा बाटो डुबाएको छ । यता बुढी खोलामा आएको बाढीका कारण छेउका वस्ती डुबानमा परेका छन् । इटहरीमा रहेको गैरीगाउँ डुबानमा परेको छ भने कटान समेत सुरु भएको छ । बाढीका कारण विराटनगर, बिर्तामोडलगायतका पूर्वी शहरहरु समेत डुबानमा परेका छन् । यता दुहबी, खनार, तरहरा लगायतका सुनसरीका गाउँहरु समेत डुबानमा परेका छन् ।

सुनसरी, असार २५
नालामा रिक्साको चक्का परेपछि 
 महेन्द्र राजमार्गअन्तर्गत इटहरीको टेंग्रा पुलमा अड्किएको फोहोर सफा गर्ने क्रममा शशस्त्र प्रहरी

१० वर्षपछि टेंग्रा खोला उर्लिएपछिको रमिता


विहान ८ बजे


 विहान १० बजे

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>