बिहेमा हिडेका युवालाई प्रहरीले विनाकारण कुटे : चार घण्टा नियन्त्रणमा
मोरंगको गछियामा बाटो छेउ सवारी पार्किङ गर्ने भुल नगर्नुहोस् । केही व्यक्तिले तपाइको लाइसेन्स मागेर गाला चड्काउदै प्रहरी चौकी पुर्याउन सक्छन् । सादा पोशाकका ती प्रहरीको ज्यादतीले गछियावासी मात्र होइन, सर्वसाधारण यात्रीसमेत आजित बनेका छन् ।
बहिनीको बिहेमा उदयपुरको कटारीबाट झापाको अमरदह हिडेका दुई युवालाई गछिया प्रहरीले विनाकारण कुटपिट गरेको छ ।
कटारीका सन्तोष गजमेर र चन्द्रबहादुर राउतलाई बाटो छेउमा मोटरसाइकल राखेको भन्दै कुटपिट गरिएको हो । बाटो छेउमा विना वर्दी घुमिरहेका दुई जना प्रहरी जवानहरुले लाइसेन्स मागेको र लाइसेन्स र ब्लुबुक दिँदा समेत कुटपिट गर्दै प्रहरी चौकी पुर्याएको पिडितले बताए ।
पछि स्थानियहरुले निर्दोष मानिसलाई कुटिएको भन्दै प्रहरी चौकी घेराउ गरेपछि असइ डम्बर थापाले गल्तीवश कुटिएको भन्दै माफि मागेका थिए । शनिबार विहान समातिएका गजमेर र राउतलाई झण्डै चार घण्टा नियन्त्रणमा लिइएको थियो ।
गछिया प्रहरीले शुक्रबार पनि एक जना ट्याक्टर चालकलाई बाटो छेउमा ट्याक्टर रोकेको भन्दै कुटपिट गरेको थियो । प्रहरीले सुरक्षा दिनुभन्दा उल्टै यातना दिएको स्थानिय युवा प्रविण घिमिरेले आरोप लगाएका छन् । asar 22
प्रतिक्रिया दिनुहोस् >>