सुनसरी र झापाका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य सुरु
Posted by
purwanews
Published on
Wednesday, July 10, 2013
नेपाली सेनाले पूर्वाञ्चलको सुनसरी र झापा जिल्लाका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य सुरु गरेको छ। सुनसरीको बुढीखोला, टेंग्रा खोला र धरानको सेउटी खोलामा आएको बाढीबाट डुबानमा परेको क्षेत्रमा उद्धारको लागि बटुकदल गणबाट फौज परिचालन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। डुबानमा परेको इटहरी नजिकको राधाकृष्ण मन्दिर क्षेत्रमा समेत सेना उद्धार जुटेको छ।
दमकबाट तीन किलोमिटर पूर्व रहेको देउली खोलाले लखनपुर–१ पाराजुंगेमा कलभर्ट बगाउँदा गाउँ डुबानमा परेको र चारआलीबाट ३० किलोमिटर दक्षिणको डाँगीबारी इलाका समेत डुवानमा परेकाले इन्द्रध्वज गणबाट उद्धारको लागि फौज परिचालन भएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार पूर्वका बाढी प्रभावित क्षेत्रमा सेनाका दुई सय जवान उद्धार कार्यमा संलग्न छन्।
(nagarik)
प्रतिक्रिया दिनुहोस् >>