१ रुपैया दिनुहोस्, अस्पताल बनाउछौ ।


भूमिहीन सुकुम्वासीहरुले आफ्नो लालपूर्जाको आन्दोलन जारी राखेका छन् । उनीहरूले लालपूर्जा प्राप्तीको आन्दोलनलाई सफल बनाउन स्थानीयदेखि केन्द्रीय स्तरसम्म दबाबमूलक कार्यक्रम सञ्चालक गरिरहेका छन् । भर्खर मात्र सरकारलाई दबाब स्वरुप  सुकुम्बासीहरुबाट १ रुपैया“ उठाएर नेपालकै ठूलो र सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । यसै विषयमा दिनको रु. १ बाट राष्ट्रिय अस्पताल निर्माण कोषका अध्यक्ष कुमार कार्कीसग गरिएको कुराकानीको सम्पादित अंशः

भूमिहीनहरुको '१ रुपैया कार्यक्रम' कस्तो कार्यक्रमहो ?

सुकुम्बासीहरुको प्रतिदिन १ रुपैया संकलन गरेर उनीहरुकै हीतका निमित्त नेपालकै ठूलो र सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने र सुकुम्बासीलाई सर्वसुलभ ढंगबाट सहज रुपमा स्वास्थ्य उपचारमा टेवा पु¥याउने साथै सुकुम्बासीका छोराछोरीलाई डाक्टर र नर्स समेत बनाएर सुकुम्बासीको भविष्य समुन्नत बनाउने कार्यक्रम हो ।

कार्यक्रम अवधारणा कसरी आयो ?

विशेष गरी सुकुम्बासीहरुलाई सामान्य रोग लाग्दा पनि सहज उपचारको अभाव भएर मृत्युको मुखमा पुग्नु पर्ने बाध्यता भएकाले त्यसबाट धेरै गरिब, सुकुम्बासी, मजदुर, किसानहरुको ज्यान गएकाले त्यहीबाट आफ“ै अस्पताल बनाएर सबै गरिबहरुको स्वास्थ्य उपचारमा पहुच पु¥याउन पर्छ भन्ने भावना जागृत भएर यो अवधारणा ल्याइएको  ।

कार्यक्रम कसरी अघि बढ्दै छ ?

अहिले सबैसग छलफल सहकार्य गर्दै सुकुम्बासी वर्गबाट दिनको एक रुपैयाँ संकलन गर्दै नीतिगत रुपमा अघि बढाउन राज्यसँग पहल गर्दै कार्यक्रम अघि बढ्दै छ ।
अहिले सबैसम्म हामीले सुनसरी, मोरङ, झापा गरेर १० लाख सम्म जम्मा गरिसकेका छौ ।


यसको सन्चालन प्रकृया चाहिँ कस्तो छ ?

सुकुम्बासीबाटै उठाएको एक रुपैयाँ संकलनबाट र अन्य सहयोगी संघसंस्था दाता व्यक्ति विशेष राज्य सबैको सहयोगमा नीतिगत रुपमा अस्पताल निर्माण गरेर सन्चालन गरिने छ ।

कानुनी रुपमा व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

हाम्रो संस्था भूमिहीन सुकुम्बासीको सार्वभौम हीतका निम्ति कार्य गर्न दर्ता भएको र नेपाल सरकारमा दर्ता भएको साथै समाज कल्याण परिषद्मा समेत आबद्ध भइसकेकोम छ । साथै एक रुपैयाँ कार्यक्रमका सन्दर्भमा राज्यसँग नीतिगत रुपमा सन्चालनको अनुमतिका लागि पहल गर्ने कार्य भइरहेको छ ।

अस्पताल निर्माण गर्नका लागि विशेष स्थान यहाँ हुने भनेर पनि निर्धारण गर्नु भा छ ?

नेपालको भरिकै सबै सुकुम्बासी, मजदुर, किसान, अधिकार विहीन तथा यस्तावर्गको हीत चाहाने सबैसँग दिन को १ रुपैयाँ संकलन हुने भएकाले ती सबैलाई पायक पर्ने गरी उपयुक्त स्थानको निर्धारण गरेर अस्पताल निर्माण गरिने छ ।

अस्पताल कहिलेसम्म निर्माण होला त ?

 – २ वर्षसम्ममा सोचेजसरी रु १ संकलन भयो भने, अस्पतालको सिलान्यास गरिने छ र १० वर्षभित्रमा अस्पताल निर्माणको पूरै कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।

अहिलेको जनसंख्याअनुसार सुकुम्बासी भूमिहीनहरुको जनसंख्यालाई गणना गर्दा कति रकम जति संकलन होला ?

हाम्रो आँकडाअनुसार मुलुक भरि ७० लाख सुकुम्बासीहरु छन् । ती सबैबाट दिनको एक रुपैयाँ उठ्ने हो भने एक दिनमा ७० लाख उठ्छ । यो रकम १० वर्ष भित्रमा खरबौँ हुन्छ । त्यतिबेला हामी सरकारलाई समेत च्यालेन्ज गर्न सक्ने हुनेछौँ । किनभने सरकारले वार्षिक ल्याउने बजेट जति हो, त्यति बजेट लगातार १० वर्षमा उठाउने हो भने जम्मा गर्न सक्ने छौँ ।

एक रुपैयाँ कोकोसँग उठाउने भन्ने निर्धारण पनि गरिएको छ कि?

छ, सबै सुकुम्बासी मजदुर, किसान तथा त्यस्तावर्गकोहीत चाहने अन्य सबै खाले व्यक्ति विशेषले दिन चाहेमा सबैलाई खुल्ला गरिएको छ, सबैले सहयोग गर्न पाउँछन् । तर सुकुम्बासी  परिवारप्रति आश्रितहरुबाट उठाउनै पर्छ भन्ने चाहिँ बाध्यात्मक अवस्था छैन  ।

१ रुपैया जम्मा गर्न बैंकमा जानै पर्छ वा रकम जम्मा गर्ने अन्य कुनै माध्यमहरु छन् ?

हाम्रा प्राय सबै बस्तीहरुमा नेपाल बसोबासका संगठनहरु छन् । तिनै संगठन मार्फत रकम संकलन गर्ने व्यवस्था गरेका छौँ ।  उठेको पैसा कमिटिले सिधा बैंकमा लगेर जम्मा गर्छ ।

रुपैया  उठाएर अस्पताल बनाउ“छु भन्नुहुन्छ । कार्यक्रम महत्वकाक्षी भएन र ?

झट्ट सुन्दा महत्वकाक्षी भएपनि यो तत्कालको आवश्यकता हो । सुकुम्बासीहरु सामान्य रोगबाट पनि औषधि खान नपाएर, उपचार नपाएर ज्यान गुमाइरहनु पर्ने बाध्यता छ । उपचार गर्नका लागि खर्चिलो हुने भएकाले सुकुम्बासीहरु उपचारै नगराइ बस्नुपर्ने अवस्था छ । त्यसका लागि पनि यो कार्यक्रम आवश्यक छ ।

दातृनिकायको पनि  सहयोग छ भन्ने सुनिन्छ नि ?

अहिलेसम्म दातृ निकायको कुनै पनि सहयोग आएको छैन । सबैको सहयोगको अपेक्षा गरेका छौँ । कसैले सहयोग गरेन भने हामी आफै पनि यो कार्यक्रम सम्पन्न गरेरै छाड्छौँ । यदी सहयोग आइहाले पनि  निसर्त सहयोगको स्वागत गर्छौँ । यो कार्यक्रममा सुकुम्बासीले मात्र सहयोग गर्नुपर्छ भन्ने होइन । सबै नेपालीहरुको सहयोग आवश्यक छ । भोलि अस्पताल बनिँदा सुकुम्बासीको मात्र उपचार हुँदैन अरुको पनि हुन्छ ।

यसहयोग उठाउन चन्दा ऐन अन्तर्गत दर्ता हुनुपर्ने हो दर्ता गर्नु भएको छ ?

हाम्रो संस्था नेपाल बसोबास बस्ती संरक्षण समाज नेपाल सरकारको नियम कानुनअनुसार विधिसम्मत तरिकाले दर्ता भएको छ । बसोबासको आफ्नै विधान छ त्यै मुताबिक हामीले यो कार्यक्रम सन्चालन गरिरहेका छौ ।  अब जुन सहयोगको लागि चन्दा ऐनमा दर्ता हुनुपर्ने व्यवस्था छ, त्यसका लागि प्रक्रिया अगाडि बढाउने छौँ ।

भोलि त  सुकुम्बासी डाक्टर पनि चाहिएला कहा बाट ल्याउनुहुन्छ ?

निश्चय पनि हामीलाई अस्पताल सन्चालन गर्न डाक्टर नर्सहरुको आवश्यकता पर्छ । त्यसका लागि सुकुम्बासी भएकै हुनुपर्छ भन्ने छैन । त्यही पनि त्यो जनशक्ति तयार गर्नका निम्ति हामीले नेपाल सरकारसँग अन्य जाति समुहलाई कोटा छुट्याइएजस्तै सुकुम्बासीको पनि कोटा छुट्याउन माग गरेका छौँ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हामीले सुकुम्बासी कोटाका लागि माग राखेर गत वर्ष नै ज्ञापनपत्र बुझाइ सकेका छौँ ।
(बि ए सि न्युज) 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>