विराटलक्ष्मीको मुनाफा
विराटलक्ष्मी विकास बैंकले आ.व. २०६९/७० मा रु. १० करोड ५२ लाख संचालन मुनाफा गरेको अनुमान गरिएको छ । उक्त मुनाफाबाट बैंकले आफ्ना लगानीकर्ताहरुलाई २५% लाभांश दिन सकिने अनुमान गरिएको बैंकका कार्यकारी सञ्चालक प्रभुप्रसाद पराजुलीले जानकारी दिए ।
उक्त अवधिमा बैंकले रु. ३ अर्व २५ करोड ६३ लाख निक्षेप संकलन गरी रु. २ अर्व ४२ करोड ७२ लाख कर्जा लगानी गरेको छ । जो अघिल्लो आ.व. मा भएको निक्षेप रु. २ अर्व ६१ करोड ४७ लाखको तुलनामा २५% तथा रु. १ अर्व ७९ करोड ७२ लाख कर्जा लगानीको तुलनामा ३५% ले बृद्धि भएको कुरा आर्थिक बर्षको प्रगति सार्वजनिक गर्दै कार्यकारी सञ्चालक पराजुलीले जानकारी दिए ।
चालु आ.व. २०७०/७१ मा बैंकले रु. ३ अर्व ९० करोड निक्षेप संकलन तथा रु. ३ अर्व १० करोड कर्जा लगानी गर्ने लक्ष्य निर्धारण गरेको छ ।
०६२ सालमा विराटनगर केन्द्रिय कार्यालय रही पुर्वाञ्चलको पहिलो विकास बैंकको रुपमा स्थापित बैंकले मोरङ्ग, सुनसरी र झापामा गरी १३ वटा शाखा र एउटा एक्स्टेनशन काउण्टर विस्तार गरिसकेको छ । बैंक आ.व. २०७०/७१ मा मर्जरमा गएर दश जिल्ला कार्यक्षेत्र विस्तार गर्ने योजनामा रहेको कार्यकारी सञ्चालक पराजुलीले बताए ।
विराटनगर, २ श्रावण
प्रतिक्रिया दिनुहोस् >>