झोला रहित धरान अभियानमा सन्चार क्षेत्रको जिम्मेवारी विषयक अन्तरकृयामा सम्पन्न

धरान । प्लाष्टिक झोला मूक्त नगर निर्माण प्रभावकारी बनाउन समुदायमा आधारित संघसंस्थालाई  परिचालन गरी प्लाष्टिक झोलाले पर्ने असरका विषयमा बुझाउन सक्नु पर्ने बताइएको छ ।
आज सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा प्लाष्टिक झोला रहित धरान अभियानमा सन्चार क्षेत्रको जिम्मेवारी विषयक अन्तरकृयामा सो कुरा बताइएको हो ।
प्लाष्टिक झोला सँगसँगै प्लाष्टिक जन्य अन्य वस्तुहरु गुटखा, पानपराग, चाउचाउका खोल लगायतका वस्तुहरुको पनि सही व्यवस्थापनमा जोड दिइएको थियो । प्लाष्टिक झोला मुक्त अभियान प्रभावकारी बनाउनका लागि अन्य क्षेत्रमा लागु भएको आचारसंहिता  र प्रभाव मूल्याङ्नमा समेत जोड दिइनुपर्ने अन्तकृयामा सहभागी वक्ताहरुले बताएका थिए ।
विज्ञसँग परामर्श गरेर निश्कर्षमा पुग्ने धरान नगरपालिकाका निमित्त कार्यकारी अधिकृत गणेशप्रसाद खतिवडाले बताउनु भयो ।
अन्तरकृयामा अवधारणा प्रस्तुत गर्दै प्रेस चौतारी सुनसरीले प्लाष्टिक झोलारहित अभियान सफल पार्न लेखनवृत्ति संयोजन साथै प्रभावकारी सामग्री प्रस्तुति र नगरपालिकाले नियमित सूचना, व्यवस्थापनका लागि निश्चित समयसम्म सूचना शाखामा सन्चार डेस्कको स्थापना गर्नुपर्ने बताएको थियो ।
अन्तकृयामा प्रस्तुत भएको अवधारणा पत्रलाई सुझावका रुपमा लिएको र योजनाबद्धतवरले  अभियानमा अघि बढ्ने उद्योग वाणिज्य संघ प्रचारप्रसार सचिव केशव श्रेष्ठले जानकारी दिनु भयो । सिम नेपालका फोहोर व्यवस्थापन विज्ञ सुसिल पौडेलले प्रहरी प्रसासनको सहयोग लिनु पर्ने बताउँदै, नगरपालिकामा कर तिर्न आउने सेवाग्राहीलाई नगरपालिकाबाटै १/१ वटा झोलाको व्यवस्थापन गर्न सके अभियानमा सहयोग पुग्ने बताउनु भयो ।

-नबराज बिष्ट   (२०७०/४/९ )

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>