दुर्घटनामा दुईको मृत्यु १९ जना घाइते
झापामा आज विहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यू र १९ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गको सुरुङ्गा २, जुकेखाडी भन्ने स्थानमा फत्तेपुरबाट काकरभिट्टा आउदै गरेको मे.१ ख १२९८ नं.को डल्फिन बस रुखमा ठोक्किदा दुर्घटना भएको हो ।
तिव्र गतिमा भएको बस दुर्घटनामा अधिकाशं यात्रु गम्भिर घाइते भएका छन् । उपचारको क्रममा दमक १० की ३५ वर्षिया गंगा सापकोटाको कन्चनजङ्गा अस्पताल र सुनसरी भरौल ३ का ४३ वर्षिय शिशिर लिम्वुको मनमोहन अस्पतालमा मृत्यू भएको छ । अवस्था चिन्ताजनक हुनेमा शान्ता लिम्वुको मनमोहन अस्पतालमा र मृतक गंगा सापकोटाकी ८ महिनाको छोरा निश्चल सापकोटालाई उपचारको लागि धरान घोपा रेफर गरिएको छ । घाइतेहरुको कन्काइृ अस्पतालमा ५ जना कन्चनजङ्गा अस्पतालमा ९ जना र मनमोहन अस्पतालमा ४ जनाको उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श्रावण ९, पंकज शर्मा
प्रतिक्रिया दिनुहोस् >>