प्रिन्सिपलले १३ वर्षदेखि यौनशोषण
Posted by
purwanews
Published on
Tuesday, July 30, 2013
धरान–१९ मा गैरकानुनी रुपमा सञ्चालनमा रहेको एक आवाशीय बोर्डिङ स्कुलमा विगत १३ वर्षदेखि बालिकाहरु माथि चरम यौन शोषण हुने गरेका रहस्य सोमबार खुलेका छ ।
इम्यानुएल इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा बस्ने ५३ जना मध्ये अधिकांश बालिका सोही स्कुलका प्रिन्सिपल भारतीय नागरिक कचिङ मारामबाट यौन शोषणमा पर्दैै आएको पाइएको छ । होस्टेलमा ५ वर्ष देखि १८ वर्ष सम्मका बालिकाहरु मारामको संरक्षणमा बस्दै आएका थिए ।
११ वर्षीय एक बालिकाले दिएको जानकारी अनुसार मारामले ती बालिकाहरुको संवेदनशील अंगहरुमा छुने ,आपत्तिजनक क्रियाकलापहरु गर्ने गरेका थिए । सोही होस्टलमा तीन वर्षसम्म बसेकी एक १७ वर्षीय किशोरीले आफूलाई धेरै पटक प्रिन्सिपलले यौन शोषण गरेको बताएकी छिन् । उनले भनिन् "जहिलै आएर त्यस्तो गथ्र्याे, मलाई मात्र हैन सानो बहिनीहरुलाई पनि त्यस्तै गरिरहन्थ्यो ।"
मारामले बालिकाहरुलाई शारिरीक तथा मानसिक यातना पनि दिने गरेको बालिकाहरु बताउँछन् । सो स्कुलमा असहाय तथा विपन्न आर्थिक स्थिति भएका बालिकाहरु पढ्दै आएका छन् । सोमबार एक बालिकाले सो रहस्य खोले पछि स्थानीय महिला अधिकारकर्मीहरुको पहलमा माराम र उनकी श्रीमती रेडिला मारामलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाएका छन् ।
वि.सं. २०५७ सालमा जिल्ला शिक्षा कार्यालय सुनसरीबाट कक्षा ५ सम्म स्कुल सञ्चालन अनुमति लिएको तर अहिले गैरकानुनी रुपमा कक्षा–७ सम्म पढाइरहेको समेत रहस्य खुलेको छ । विद्यालय क्रिस्चियन मिसिनरी संस्थाहरुको आर्थिक सहयोगमा विगत १४ वर्षदेखि सञ्चालमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस् >>