सभ्य छ त धरान ?


सफा र सुन्दर सहरको परिचय धरानको विशेषता हो। यो शहर जैविक र  सास्कृतिक विविधताले पनि परिचित छ। भौतिक विकास, व्यवस्थित घर नम्बर प्रणाली, शहरी गरिबि न्युनिकरण, भूकम्प प्रतिरोधी भवन निर्माण लगायतका काममा देशकै नमुना बनेको धरानको फोहोर व्यवस्थापनको सम्पूर्ण प्रकृया भने सेउती खोलामा गएर टुङ्गिएको  छ। सफा सहरको लाममा पहिलो हुने प्रतिस्पर्धामा रहेको धरान आफैले आफैले  उत्सर्जन गरेको  फोहोरको व्यवस्थापनमा भने पूर्णतः असफल र गैरजिम्मेवार बन्दै आएको छ।


धरान नगरपालिकाले सेउती खोलामा फालेको फोहोर ।
धरान नगरबाट निस्कने फोहोरलाई सेउती खोलामा बगाउने नगरपालिकाको रबैयाका कारण बक्लौरी, सिंगीया र डुम्राहा गाविस डम्पिङ साइटमा परिणत हुदैछन्। दैनिक फोहोर व्यवस्थापनको प्रकृयामा आफ्नो क्षणिक सजिलोका लागि धरान नगरपालिकाले जङ्गल, खोला लगायत तल्लो तटीय क्षेत्रको पर्यावरण र प्राकृतिक स्रोत माथि नै गम्भिर अपराध गर्दै आएको छ। जुन, वातावरण संरक्षण ऐन, फोहोरमैला व्यवस्थापन निर्देशिका २०६८ र जलस्रोत ऐनको उल्लङ्घन हो। नगरपालिकाको यो कार्य दण्डनीय छ।

सम्पन्न र समृद्ध धरान नगरसग आफ्नो फोहोर व्यवस्थापन गर्ने एउटा डम्पिङ साइट पनि नहुनु आफैमा लज्जाको विषय हो। आफैले उत्सर्जन भएको फोहोर व्यवस्थापन गर्न नसक्ने नगरपालिकाले आफ्नो क्षेत्रफल विस्तार गर्न खोज्नु आफैमा हास्यास्पद छ।


सेउती खोलामा बगेको फोहोरका कारण तल्लो तटीय क्षेत्रको जनजिवन कष्टकर बन्दै गइरहेको छ। दैनिक नुहाउन, पशुपंक्षीलाई खुवाउन र सिंचाईमा समेत प्रयोग हुने सेउती खोलाको पानी केही वर्षयता ढलमा परिणत भएको छ। जसका कारण त्यसक्षेत्रका बासिन्दा र तिनीहरुको भावि सन्ततिका लागि पनि दुर्गति निम्तिरहेको छ। अर्काेकुरा, त्यो फोहोरमा गम्भिर प्रकृतिका औषधी जन्य फोहोर (सिरिञ्च लगायत) मिसिएर जानाले बाढी प्रभावित क्षेत्रहरुमा नया  किसिमका स्वास्थ्य समस्याहरु पनि देखिदै गएका छन्। त्यस क्षेत्रका बासिन्दामा परेको स्वास्थ्य र वातावरणमा परेको असरको पनि मूल्याङ्कन हुनु आवश्यक छ। धरान नगरपालिकाले तुरुन्त वैकल्पिक डम्पिङ साइटको व्यवस्था गर्नु अनिवार्य छ। यस विषयमा सम्बन्धित सबैको ध्यान जाओस्।

 - सन्जिव वाग्ले 
 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>