छात्राहरुलाई वषौदेखि यौन शोषण गर्दै आईरहेको खुलासा
Posted by
purwanews
Published on
Tuesday, July 30, 2013
-
विद्यालयलाई सरस्वतिको मन्दिर र शिक्षकलाई ज्ञानका श्रोत, छात्र छात्राहरुको पथप्रदर्शक भनेर सम्बोधन गरिन्छ नेपाली समाजमा शिक्षक शिक्षिकाहरुलाई अझ बढी सम्मानको दृष्टिकोणले हेर्ने गरिन्छ तर इम्मानुएल ईन्टरनेशनल बोर्डिङ स्कुलका प्रिन्सिपल कपिङ मारामले आफ्नै छात्राहरुलाई यौन शोषण जस्तो जघन्य अपराध गरेर शिक्षक र छात्र छात्राहरुबीचको सम्बन्ध र सम्मानलाई धुलिसात बनाईदिएका छन् ।
धरान–१९ जिमी मार्गस्थित इम्मानुएल ईन्टरनेशनल बोर्डिङ स्कुलका प्रिन्सिपल भारत मणीपुरका नागरिक कपिङ मारामले छात्राहरुमाथि विभिन्न डर त्रास र धम्कि दिदै यौनशोषण गर्ने गरेको हो । कक्षा ७ सम्मको पढाई हुने गरेको विद्यालयमा अनाथ तथा बुबाआमा नभएका एवं अति विपन्न परिवारका छोराछोरीहरुकालागी क्रिश्चियनहरुको अनुदानमा सञ्चालित विद्यालय हो । हाल विद्यालयमा ९ वर्षदेखि १६ वर्ष उमेर समुहका २४ जना छात्रा र ३४ जना छात्र छात्राबासमै रहेर पढिरहेका छन् स्कुलका प्रिन्सिपल मारमले विद्यार्थीहरुलाई विद्यालय भन्दा बाहिर जान नदिने दिनभरी जस्तो गेटमै ताला लगाएर बन्धक झै बनाएर राख्ने गरेकोसमेत खुलासा भएको छ ।
सोमबार प्रिन्सिपलको यौन कर्तुत पर्दाफास भएसंगै ईलाका प्रहरी कार्यालय पुगेका छात्राहरुले भने ” सधैजसो हामीलाई अध्यारो भएपछि औषधि खुवाई लठ्ठ बनाएर यौनशोषण गर्ने गरेको रहस्य सञ्चारकर्मीहरुमाझ सार्वजनिक गरे । जोन नाम भएका एकजना शिक्षकले तरल पदार्थ दिन्थ्यो त्यो खाएपछि चेत नै हराउथ्यो’ छात्राहरुले भने उनीहरुले भने खाली राति रातिमात्रै ल्याएर दिन्थ्यो । नाम के हो भन्ने पनि देखिदैन थियो ।’
धरानमा बस्दै आएकी मणीपुरकै नेन्सी लिम्बुकी भाईले यौन शोषणका बारेमा थाहा पाएपछि सोधीखोजी गरेर प्रहरीमा ल्याईएको उनले बताईन् । भाई पनि सोही स्कुलमा पढ्थे भाइले थाहा पाएको रै’छ’ उनैले सुनाएपछि कर्तुतको सार्वजनिक भएको हो । ललाई फकाई सोध्दापनि छात्राहरुले डर, धम्कि र त्रासका कारण बताउन नचहेको नेन्सीले बताईन ।
विद्यालयमा अध्ययनरत बालिकाहरुलाई कसैलाई भने विद्यालयबाट निकाली दिने धम्कि दिदै छात्राबास भित्रै यौन शोषण गर्ने गरेको पीडित बालिकाहरुले ईलाका प्रहरी कार्यालयमा बताए । एकले अर्कालाई यौन शोषण गर्ने गरेको थाहा पाएको भएपनि डरले कसैलाई नभनीएको छात्राहरुले बताए । सन २००६ देखिनै आफुहरुलाई त्यस्तो गर्ने गरेको तर डरले कसैलाई पनि जानकारी नगराएको छात्राहरुले बताए ।
प्रिन्सिपलको छोराले समेत यो घटना बाहिर लगे मारिदिनेसमेत धम्की दिएकाले पनि छात्राहरुले कसैलाई भन्न नसकेको बताइन् । अन्य छात्राहरुसंग समेत जानकारी लिएपछि महिला अधिकारकर्मीको सहयोगमा प्रहरीलाई जानकारी गराएको थियो । अहिले प्रिन्सिपल मारम र उनकी श्रीमती रोदिला मारम्लाई पनि प्रहरीले हिरासतमा लिएको छ ।
श्रीमती रोदिलाले पनि सवै जानकारी पाए पनि श्रीमानलाई सम्झाउने बुझाउने नगरेको पाइएपछि उनलाई पनि प्रहरीमा बुझाइएको महिला अधिकारकर्मी लिला राईले बताइन् ।
११ वर्षीय एक छात्राले प्रिन्सिपल मारमले संवेदनशील अंग र गुप्ताङहरुमासमेत हात लगाउने गरेको बताइन् । उनले हरेक दिन छात्राहरुलाई बोलाएर संवेदनशील अंगहरुमा हात लगाउने गरेको थियो’ ती बालिकाले भनिन् । त्यस्तै एक अर्की १४ वर्षीया एक छात्राले पनि जहिल्यै रातिको समयमा आएर संवेदनशील अंगहरुमा हात लगाउदै यौन दुव्र्यबहार गर्ने गरेको बताइन् । उनले कसैलाई पनि बाहिर जान नदिनेसाथै बिरामी भए पनि उपचारका लागि औषधिहरु पनि नदिने गरेको उनले बताइन् । ‘जहिल्यै राति आएर छामछाम छुमछुम गथ्र्यो’ ती छात्राले भनिन–‘आफूले प्रतिकार गर्दा पनि मारिदिन्छु भन्दै धम्की दिन्थ्यो ।’
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक चन्द्रदेव राईले पनि घटनाको अनुसन्धान भई रहेको र दोषी पाइए कारबाही गरिने बताए । ‘अनुसन्धान नगरी बोल्न मिल्दैन’ उनले भने–‘दोषी रहेछ भने म्याद थपी कारबाहीको प्रक्रिया अघि बढ्छ ।’ उनले यौनशोषण भएको भन्ने अभिभावकहरुले जानकारी गराएपछि तत्कालै आरोपितहरुलाई पक्राउ गरिएको बताए ।
- भीमज्वाला राई (ज्वालाको ब्लग बाट )

प्रतिक्रिया दिनुहोस् >>