धामीझाँक्रीको भर पर्दा बालिकाको मृत्यु
Posted by
purwanews
Published on
Tuesday, July 16, 2013
समयमै उपचार नगरी धामीझाँक्रीको भर पर्दा सिरहाको तरेगना गोविन्दपुर–१ घ्याम्पेमा आज बिहान एक नाबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामबहादुर ठकुरीकी पाँच वर्षीया कान्छी छोरी रविना रहेकी छन्।
स्थानीय ओम मिझारका अनुसार बिहान ३ बजे सुतेकै ठाउँमा बिच्छीले टोकेपछि अस्वस्थ बनेकी रविनालाई औषधि उपचारको सट्टा धामीझाँक्री लगाएर झारफुक गरिएको थियो। त्यही बेला पानी पिउन दिएपछि बिहान १० बजे उनको मृत्यु भएको मिझारले बताए।
पूर्व–पश्चिम सडकको लहानदेखि करिब तीन घन्टाको पैदल दूरीमा रहेको घ्याम्पे जिल्लाकै दुर्गम क्षेत्र मानिन्छ।
पूर्व–पश्चिम सडकको लहानदेखि करिब तीन घन्टाको पैदल दूरीमा रहेको घ्याम्पे जिल्लाकै दुर्गम क्षेत्र मानिन्छ।
प्रतिक्रिया दिनुहोस् >>