विराटनगर भन्सार हाताको कार्यालयमा तोडफोड

विराटनगर भन्सार कार्यालयको हातामा रहको ट्रान्स नेपालको कार्यालयमा भन्सार एजेन्टको एक समूहले तोडफोड गरी क्षति पुर्याोएको छ।
 भन्सार परिसरमा रहेको इन्टर मोडल यातायात समितिको कार्यालयमा प्रवेशका लागि परिचयपत्र लागू गरेको तर परिचयपत्र उपलब्ध नगराएको तथा भेदभाव गरेको विरोधमा ३०-३५ जनाको भन्सार एजेन्ट समूहले सो कार्यालयमा तोडफोड गरेको हो।
                                                                                                                                                   एजेन्टले कार्यालयभित्र प्रवेश गर्न खोज्दा त्यहाँको सुरक्षा निकायले जान नदिएको र ट्रान्स नेपालका प्रमुख गणेश घिमिरेले दुव्र्यवहार गरेकाले आफूहरुले कार्यालयका झ्याल, ढोकाको सिसा र प्रमुखको टेबल तोडफोड गरेका एजेन्टले बताएका छन्। एजेन्टले कार्यालय प्रमुख घिमिरेविरुद्ध नाराबाजी र होहल्लासमेत गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>