मरुभूमि बन्दै किसानको खेत, सिचाइ आयोजनाको १२ विघा जग्गा कब्जा ! चतरा बजार पनि खतरामा !!
Posted by
purwanews
Published on
Tuesday, July 16, 2013
“मन्त्रीदेखि कै पहुँच रैछ, हामीलाई त केही पनि गन्दैन । कुराकानी गरेर जोडिदिउ भनेको आफैले गाली खानु प¥यो ।”
“सुमोसियोको सिन्चित क्षेत्रलाई ध्वस्त बनाउन , किसानको सिन्चित भूमिमाथिको धार्मिक हस्तक्षेप हो, यसले कालान्तरमा कृषिक्षेत्रलाई तहसनहस बनाउन सक्छ ।”
- भुवन काफ्ले / धरान
नेपालकै सबैभन्दा ठूलो सिचाइ योजना सुनसरी मोरङ सिचाइ आयोजनाअन्तर्गत सुनसरीको चतरादेखि मोरङसम्मका अधिकांश भूभाग अतिक्रमणमा परेपछि योजनामा बाधा उत्पन्न हुन थालेको छ । ५३ किलोमिटर मूल नहरबाट सुनसरी र मोरङका लाखौ हजार हेक्टर खेती सिन्चित गर्ने आयोजनाले आफ्नो क्षमता बिस्तार गर्न नपाउदा हजारौ हेक्टर जमिन केही वर्षभित्र मरुभूमिमा पनि परिणत हुन सक्ने खतरा बढेको छ।
योजनाले थप क्षमता विस्तार गर्न नसके र कृष्णदासले (जगद्गुरु रामानन्दचार्य सेवा पीठ ) अतिक्रमण गरेको जग्गा प्रयोगमा नल्याए किसानको ६८ हजार हेक्टर जमिन केही वर्षभित्र मरुभूमिमा पनि परिणत हुन सक्ने खतरा बढ्दै गएको छ। सरकारी उदासिनता र राजनीतिक अकर्मण्यताका कारण १२ विघा सिचाइ योजनाको जग्गा अतिक्रमित भएको हो ।
राजनीतिक , सामाजिक र धार्मिक नाममा करोडौ जनताले उपभोग गर्ने पूर्वको अन्नको भण्डार उब्जाउने सिचाइ योजनाको ठूलो हिस्सा अतिक्रमण हुँदा पनि सरकारी कान ठाडो हुन नसकेको स्थानीयले आरोप लगाएका छन् । वराहक्षेत्र गाविसको वडा नं. १ स्थित चतरामा जगद्गुरु रामानन्दचार्य सेवा पीठ लगायतका धार्मिक अखाडाले जबरजस्ती ठूलो भूमि अतिक्रमण गर्दा सुनसरी मोरङ सिचाइ योजनाको ड्रेजर डिस्चार्ज पाइप लाइन अवलोकन र स्थानान्तरण गर्न समस्या उत्पन्न भएको सुनसरी मोरङ सिचाइ योजना (सुमोसियो) चतराले जनाएको छ ।
सुमोसियोको चतरा खण्डमा स्याम्पल कलेक्सन गर्न सुमोसियोका उच्च पदस्थ अधिकारी, मन्त्रालयका अधिकारी आउदा बाधा उत्पन्न भएकाले आफ्नो काममा बाधा उत्पन्न नगर्न आग्रह गर्दा पनि सो पीठका संरक्षक कृष्णदासले नसुनेको सुमोसियो चतरा प्रमुख डिभिजन इन्जिनीयर शुकदेव चौधरीले बताउछन । उनले भने, “हामीलाई डेजर डिस्चार्ज पाइपलाइन निरीक्षण गर्न अप्ठ्यारो भएको छ, अवलोकन गर्नुपर्ने हुन्छ, कृष्णदास जी सँग पनि कुरा ग¥यौ, उहाले अटेर गरिरहनु भएको छ ।" चौधरीले भने ।
कार्यालयले पीठलाई पत्राचार गरी सुमोसियोको काममा बाधा नगर्न आग्रह गरेपनि माथिबाट भोगचलनको प्रक्रिया भइरहेको छ भन्दै अटेर गरिरहेको बताए । “अस्थायी रुपमा शिविर स्थापना गरी १ महिने स्वास्थ्य शिविर सन्चालन गर्ने भनेपछि सुमोसियोले व्यवहारिक पक्ष हेरी केही भनेको थिएन, अस्थायी टहराहरु बनाउनु भनेका थियौ तर उहाले सहमति बिना नै पर्मानेन्ट स्ट्रक्चर बनाउनु भयो ।” चौधरीले भने । हाल रामानन्दचार्य सेवा पीठको नाममा बोर्ड लगाइ सन्चालन भइरहेको सो धार्मिक अखाडामा करोडौको खर्चमा पक्की भवन बनाइएको छ । सुमोसियोको ३७ बिघा जग्गा मध्ये पीठका नाममा मात्र चतरामा १२ विघा जग्गा अतिक्रमण गरिएको छ । पीठका संरक्षक भनिएका कृष्णदासले आयुर्वेदिक विद्यालय खोल्ने, जडिबुटि लगाउने, गौपालन गर्ने नाउमा जमिन अतिक्रमण गरेका छन् । नाम नबताउने सर्तमा स्थानीयवासीले भने, “सुमोसियोको सिन्चित क्षेत्रलाई ध्वस्त बनाउन र किसानको सिन्चित भूमिमाथिको धार्मिक हस्तक्षेप हो, यसले कालान्तरमा कृषिक्षेत्रलाई तहसनहस बनाउन सक्छ ।”
कृष्णदासले विद्यालय स्थापना गर्ने नाममा, जडिबुटी उद्यान बनाउने नाममा वा जग्गा सम्बन्धी विवादमा कहिले पनि सुमोसियोलाई बैठकमा नबोलाएको योजनाका चतरा प्रमुख चौधरीले बताए । “सुमोसियोका पदाधिकारी नबोलाई, स्वामित्ववालालाई जानकारी नगराई भोगचलन गर्ने उहाको मनसाय छ ।” चौधरीले भने,“ मैले सिचाइ मन्त्रालयको परामर्शमा यथार्थ बताएको छु, अहिले जडिबुटी र गौपालनका नाममा राज्यको सम्पत्तीको दुरुपयोग भइरहेको छ, तर पनि अहिलेको अवस्थामा टहरो पनि भत्काउन नसक्ने अवस्था छ ।”
सुमोसियो चतराले केन्द्रीय जल उपभोक्ता समिति, सिचाइ विभाग, प्रहरी प्रशासनलगायतलाई भूमि अतिक्रमण सम्बन्धी जानकारी गराइ सकेको छ तर पनि आवश्यक कार्बाही हुन सकिरहेको छैन । सुमोसियो चतराले ड्रेजर पाइपलाइन डिस्चार्ज निरीक्षण गर्नका लागि ५ ठाउबाट लाखौ खर्चमा ग्राभेल बाटो निर्माण गरेपनि पीठले कम्पाउण्डिङ वाल गरेका कारण निरीक्षणमा अप्ठ्यारो भएको हो ।
सुमोसियो चतराका डे«जर मास्टर रमेश अधिकारीका अनुसार अहिलेको अवस्थामा डेजर डिस्चार्ज पाइपलाइन निरीक्षण गर्न, पाइप पल्टाउन र सेम्पल कलेक्सन गर्न कठिनाइ भएको छ । पीठको अतिक्रमणका कारण डूेजिङ कार्यमा बाधा उत्पन्न भएको छ । “हाल ५ लाख घनमिटरको क्षमता भएको डेजरको क्षमता विस्तारका लागि पनि वर्कआउट भइरहेको छ ।” अधिकारीले भने यसको विस्तारका लागि हालको स्थानबाट पश्चितर्फ सार्नुपर्ने देखिएको छ, तसर्थ पनि सुमोसियोलाई नै जग्गाको आवश्यकता छ ।” सुमोसियो चतराका प्रमुख शुकदेव चौधरीका अनुसार प्रतिसेकेन्ड ६० घनमिटर क्षमता भएको इन्टेकले ६८ हजार हेक्टर खेति योग्य जमिनमा सिचाइ गरिरहेको छ । वर्षाका बेला यसको अवस्था सामान्य भए पनि हिउदमा सिचाइमा कठिनाइ उत्पन्न हुने गरेको छ । हिउदका समयमा ३४ हजार हेक्टरमा लगाइने गहु खेती, चैते धान र अन्य नगदेबालीमा प्रत्यक्ष प्रभाव पर्न जान्छ ।
साथै, आगामि दिनमा नया इन्टेक निर्माण गर्नुपर्ने अवस्था छ । नया इन्टेक निर्माण गर्दा आवश्यक सामग्री र इक्युपमेन्टको स्टक गर्नुपर्ने हुन्छ । त्यसका लागि सुमोसियो सग पर्याप्त जग्गा छैन । अन्य नया प्रोजेक्टहरु आउने सम्भावना रहेको छ । त्यसका लागि स्टक गर्न जग्गाको आवश्यकता पर्छ । सिचाइ विस्तार गर्नका लागि पानी स्टक गर्नुपर्ने अवस्था छ तसर्थ व्यारेज निर्माणको सम्भावना छ । त्यसका लागि स्टक व्यवस्थापन गर्नु पर्ने अवस्था छ । कोशी नदीको चपेटामा समेत रहेको सुमोसियोको अतिक्रमित भू-भाग विपत व्यवस्थापनका लागिसमेत आवश्यक हुने हुदा रामानन्दाचार्य सेवा पीठले तुरुन्त जग्गा छोड्नु पर्ने चौधरीको भनाइ छ । तर नेता र मन्त्रीदेखि बाहेक अरुसग कुरै नगर्ने पीठका संरक्षक भनिएका कृष्णदासले सुमोसियोको अवस्था बुझ्न नसकेको चौधरी बताउछन् । उनी भन्छन्, “यो चतरादेखि ५३ किलोमिटर क्षेत्रलाई सिन्चित गर्ने नेपालकै ठूलो सिचाइ योजना हो, यसलाई कुनै व्यक्ति वा संस्थाले प्रभावित गर्न हुदैन, यो कृषि प्रधान देशका कृषकहरुको संवेदना सग पनि जोडिएको छ ।”
वि.सं. २०२० सालताका चतरा बजारलाई अतिक्रमित भूभागदेखि पूर्वतिर हालको चतरा बजार, वयरवन, पुनरबास लगायतका क्षेत्रमा मुआब्जा र सट्टाभर्ना दिएर सुमोसियोले आउन सक्ने योजनालाई मध्यनजर गरी सो जग्गा अधिग्रहण गरेको थियो । एलएण्डटी परियोजनाको समाप्तीसँगै खाली रहेको जग्गामा छिटफुट धार्मिक कार्य र अनुष्ठान हुने क्रम सगै विभिन्न धार्मिक नाममा सुमोसियोको अनुमति र सहमतिबिना नै जमिनको ठूलो हिस्सा अतिक्रमण हुदै आएको छ । केही समय अघि बोर्डिङ सन्चालन गर्न भनेर पीठले ३ फेजको लाइन योजनाबाटै लगेको थियो । सुमोसियोका प्रमुखको निर्देशनमा काटिएपनि डाइरेक्ट मन्त्रीको फोन आएर पुनः जोड्नु परेको सुमोसियो चतरा प्रमुख चौधरीले बताए । उनले भने, “मन्त्रीदेखि कै पहुँच रैछ, हामीलाई त केही पनि गन्दैन । कुराकानी गरेर जोडिदिउ भनेको आफैले गाली खानु प¥यो ।”
अतिक्रमित जग्गाका विषयमा विवादमा आइरहेको पीठले भने पावर र प्रशासनका भरमा जग्गा कब्जा गर्न खोजेको स्थानीय राजनीतिक अगुवा डम्बर तुम्बाहाम्फे बताउछन् । उनी भन्छन् । “कृष्णदासजीले सुरुमा स्वास्थ्य शिविर लाउने भनेर अस्थायी टहरा बनाउनु भयो । स्थानीयवासी लाभान्वित नै होलान् भनेर सहयोग ग¥यौ“ तर उहाको नियत अर्कै रहेछ ।” केही राजनीतिक दलका नेता कार्यकर्ताको भरमा वराहक्षेत्र गाविसले दीर्घकालिन योजना र सम्भावनालाई मनन नगरी निर्णय लिनु गैरजिम्मेवारी भएको वराहक्षेत्र सरोकार समितिका अध्यक्ष रवि राई बताउँछन् । उनी भन्छन् । “सुनसरी मोरङ सिचाइ योजनाको जग्गा हो । वराहक्षेत्रका हितका लागि दीर्घकालीन परियोजनाहरु आउन सक्छन्, भोलि योजनाले 'हट' भनेका दिनमा हट््न सक्ने गरि कार्य गर्नु राम्रै हो तर अतिक्रमण गरी कब्जा जमाउनु त वराहक्षेत्रबासीका लागि नै अहित हो ।" उनी थप्छन् , “ हो, स्वास्थ्य सेवा, शैक्षिक सेवा प्रदान गर्नु राम्रो हो तर यसको विकल्पका रुपमा वराहक्षेत्रमै अन्य ठाउँहरु पनि छन् नि त, गाविसले त्यसको विकल्प दिन सक्नु पर्छ । दीर्घकालीन र सम्भाव्य योजनालाई मेटेर हैन ।”
आयुर्वेदिक विद्यालय बन्नु, धन्वन्तरि वाटिका बन्नु, वराहक्षेत्रका नागरिकले स्वास्थ्य सुविधा शैक्षिक सुविधा पाउनु राम्रो कार्य हो भनेर कृष्णदास जी महाराजलाई सहयोग गर्दै आएको रामानन्दाचार्य सेवापीठका महासचिव प्रह्लाद भट्टराई बताए । उनले आवश्यक परेका खण्डमा पीठले जग्गा छाड्नु पर्ने बताए । कृष्णदासले भने आफ्नो गुरु योजना स्थानीय राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, वराहक्षेत्र गाविसलगायत उच्च पदस्थ प्रसासनिक अधिकारीहरु सगको छलफल, नेता र मन्त्रीहरुको आश्वासनबाट यो कार्य थालेको बताउछन् । उनी भन्छन् । “मैले समग्र वराहक्षेत्रको मात्र हैन नेपालकै हीतका लागि यो मास्टर प्लान कोरेको छु । मलाई सबैको साथ छ ।” उनले भने, “यसबाट धार्मिक मात्र नभएर स्वास्थ्य, शैक्षिक र आर्थिक विकासमा पनि टेवा पुग्छ ।” उनले सुकुम्बासीहरुले कव्जा गर्ने अवस्थामा योजनाको जग्गा पर्खाल लगाएर सेवापीठ संचालन गरेको बताए । ‘सुकुम्बासीले ओगट्नु भन्दा आयुर्वेदिक विद्यालय, गौपालन, जडिबुटी उद्यान स्थापना गर्नु उचित लागेर क्याविनेटलाई ७ विघा जग्गा उपलव्ध गराउन आग्रह गरेको छु ।’ ‘यो जग्गा योजनाकै हो । तर मैले राष्ट्रहितका लागि सदुपयोग गर्ने उदेश्यले कम्पाउन्ड लगाएको हो । क्याविनेटबाट जग्गा भोगचलनका लागि प्रक्रिया हुदैछ ।’ कृष्णदास आफुले सिंचाईको डे«जर संचालनमा कुनै वाधा अवरोध नगरेको दाबी गर्छन् ।
( साउन १,२०७० )

प्रतिक्रिया दिनुहोस् >>