साउदीको सेन्टर जेलमा २० नेपालीलाई यातना, उद्धार गर्न माग गर्दा दुतावासले घुस माग्यो
Posted by
purwanews
Published on
Tuesday, July 16, 2013
स्वेदशमा रोजगारी र आर्थिक उपार्जनको व्यवस्था नहुदा वर्षेनी लाखौं नेपाली वैदेशिक रोजगारमा जान बाध्य छन् । विदेशमा श्रम गरेर स्वेदशको रेमिट्यान्स बृद्धि गर्ने श्रमिकहरुकै
कारण नेपालको अर्थव्यवस्था टिकेको छ । तिनै कतिपय श्रमिकहरु विदेशमा अलपत्र परेका छन् र कतिपय विदेशी जेलमा छन् । तर साउदी अरबको अबुहद्रिया स्थित जुवेल डु सेन्टर जेलमा २० जना नेपालीहरुलाई विगत पाच महिनादेखि विना कारण जेल चलान गरिएको खबर प्राप्त भएको छ । त्यति मात्र होइन उनीहरुले साउदी स्थित नेपाली दुतावासमा आफूहरुलाई विना कारण जेल राखिएको जानकारी गराउदा दुतावासका कर्मचारीले घुस मागेको रहस्य खुलेको छ । जुवेल डु सेन्टर जेलबाट मोरङका लिलम भुजेलले फोन गरी भने “हामी सगै काम गर्ने एकजना भियतनामी
नागरिकले रक्सी खाएको रहेछ । पुलिसले उसले रक्सी खादा हामीलाई पनि सोही आरोपमा समात्यो । जुनबेला हामी फ्याक्ट्रीमा काम गरेर फर्किदै थियौं ।” उनले भने “पाच महिना अगाडि देखि हामीलाई यहा
राखिएको छ । रक्सी खाने भियतनामी नागरिकलाई भने त्यहाकै दूतावासले भोलिपल्टै छुटाएर लग्यो । हामीले दुतावासमा सम्पर्क गर्दा कर्मचारीले १५ सय रियल देखि ४ हजार रियल (नेपाली ३५ हजार देखि ९६ हजार रुपैया) मागेको छ । हामी जेलमा छौं कसरी पैसा दिनू ।” भुजेलले सुनाए । “हामीलाई झुटो आरोप लगाएर फ“साइएको छ ।” उनले नेपाल स्थित पत्रकार, मानवअधिकारवादी, प्रशासन, राजनीतिक दल तथा
सरकारसग आफूहरुको जीवन
रक्षा गरिदिन आग्रह गरे । “हामीले ३ वर्ष काम गरेर सबै पैसा नेपाल पठायौं । त्यसको कर तिरेका पनि छौं तर किन हामीले जीवन रक्षाको माग गरिरहदा उल्टै घुस मागिन्छ ?” उनले गुनासो गरे ।
कस्ले माग्यो घुस ?
लाखौंको संख्यामा साउदी पुगेका नेपालीहरु कतिपय ठाउमा मेनपावर तथा विभिन्न प्रसाशनिक ठाउबाट ठगिएका छन् । उनीहरुकै समस्या समाधान गर्न अप्ठ्यारो पर्दा सहयोग गर्न नेपाल सरकारले साउदी अरबको पूर्वी क्षेत्र दमाम, खोपर, हाफुफ र जुवेलका नेपाली श्रमिकहरुको सहयोगीका रुपमा नियुक्त गरिएका व्यक्ति हुन् हरि घिमिरे । जसले आफ्नै नेपालीको जीवनसग पैसाको मोलमोलाई
गरिरहेका छन् । उनले पैसा मागेको मात्र कुरा त अस्पष्ट होला । तर उनलाई नेपाली ३५ हजार बुझाएर नेपाल फर्किएका दाङका अनुप चौधरी र भोजपुरका रामबहादुर
राई भने प्रमाण नै हुन् । दाङका अनुपले साउदीबाट सम्बाद्दातालाई फोन सम्पर्क गरी भने "यहा विदेशीले हैन नेपालीले नै नेपालीलाई लुटिरहेका छन् । पैसा बुझाउन सक्नेहरु नेपाल फर्केलान् पैसा र पावर नहुनेहरुको के हाल हुन्छ भन्न सकिन्न ।" जेलबाट फोन सम्पर्कमा झापाका सरद तिम्सिनाले भने– “हरि घिमिरे आएर १५ सय
रियलको कुरा गरेर गयो हामीसग पैसा छैन, म नेपाल सरकारलाई सोध्न चाहन्छु हाम्रो अपराध के हो ? र हामी बाच्न पाउने कि नपाउने ?” आरोपी घिमिरेलाई सम्बाद् दाताले फोन सम्पर्क गर्दा घिमीरेले धम्कीपूर्ण भाषा बोल्दै भने– “बोल्नेले जे बोल्दा पनि हुन्छ, तिमीहरु के गर्न सक्छौं गर म पनि हेरौला ।”
साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डेले भने यस बारेमा आफूलाई जानकारी नभएको बताए । उनले हरि जी त बडो राम्रो मान्छे हो, त्यस्तो काम गर्नु होला र ? भन्दै बचाऊ गरे । उनले २० जना नेपालीका बारेमा आफू चिन्तित भएको बताए पनि उद्धारका लागि भने पहल नगरेको पीडितहरुको गुनासो छ । पीडितका आफन्त तथा संचारकर्मीले उनीहरुलाई नेपाल फर्काउन आग्रह गर्दा तुरुन्त मान्छे पठाएर नेपाल फर्काउने बताएका पाण्डेले घटनाबारे जानकारी भएको ३ महिना बिति सक्दा पनि वेवास्त्ता गरेको पीडितका आफन्तहरुको आरोप छ ।
को–को छन् अरुले गरेको गल्तीमा सजाय पाउने नेपाली ?
साउदी अरब स्थित नेपाली दुताबासको वेवास्ताको कारण बिनाकारण जेलमा यातनापूर्ण जीवन बितँई रहेका छन् नेपालीहरुले । उनीहरुको जीवन रक्षाका लागि नेपाल स्थित परराष्ट्र मन्त्रालय, श्रम विभाग र कन्सुलर विभागमा निवेदन पनि दिइसकिएको छ । तर सरकारका केही खराव आचरणका कर्मचारीका कारण नेपालीहरु स्वदेश फकिएका छैनन् । त्यसरी पीडित हुनेहरुमा झापाका सरद तिम्सिना मोरङ बयरबनका लिलम भुजेल, सोलुखुम्बुका मेखबहादुर घतानी, दोलखाका भक्त खतिवडा, पोखराका दिपक विक जनकपुरका डोमा मण्डल, लगायत २० नेपाली जुवेलको जेलमा ५ महिनादेखि विनाकारण यातना भोगिरहेका छन् ।
धरान ,१ साउन २०७०
प्रतिक्रिया दिनुहोस् >>