विराटनगर भन्सारमा राजश्व संकलनमा बृदि

अवैध कारोवार तथा चोरी तस्करीमा भएको कडाईको कारण विराटनगर भन्सार कार्यालयले चालु आ.व.को १२ महिनामा रु १२ अर्व ७७ करोड २१ लाख कूल राजश्व संकलन गरेको जनाएको छ ।

गत आ.व. २०६।६९ को तुलनामा करीव दुई अर्व  अत्याधिक राजश्व समेत संकलन गरको कार्यलयले जनाएको हो । गत आ.व.मा कूल रु १० अर्व राजश्व संकलन भएको थियो । कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार बन्द , हडताल तथा सीमावर्ती जोगवनी भन्सारको केही दिन वन्दका वावजूद चालु आ.व. २०६९।७० मा लिएको लक्ष्यको  तुलनामा अत्याधिक राजश्व संकलन भएको बताएका  छन् ।

भन्सार कार्यालयका अधिकृत रामप्रसाद रेग्मीका  अनुसार रु १२ अर्व ५२ लाख राजश्व संकलन लक्ष्यको तुलनामा कूल १२ अर्व ७७ करोड राजश्व संकलन भएको छ । जसमा भन्सार राजश्व रु चार अर्व ३९ करोड २ लाख, मूल्य अभिवृद्धि कर रु सात अर्व ३५ करोड ९६ लाख, अन्तशुल्क ७४ करोड २४ लाख ९५ हजार तथा सडक सुधार वापत रु २८ करोड ६० लाख राजश्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>