खानेपानी संस्था पुनर्गठन माग

इटहरी ४ स्थित खानेपानी संस्थाको कार्यसमिति पुनर्गठन गर्न तदारुकता नदेखाएको भन्दै इटहरीका ११ दलले विरोध जनाएका छन् । उनीहरुले खानेपानी समितिको पुनर्गठनको लागि तदर्थ समिति बनाउन समेत माग गरेका छन् ।
नेकपा माओवादी, फोरम नेपाल, राप्रपा नेपाल, संघीय समाजवादी पार्टी, राप्रपा लगायतका दलले संस्थाको साधारणसभा निष्पक्ष तरिकाले नगरे इटहरी नगरपालिका धर्ना र विरोध र्याली समेत गर्ने चेतावनी दिएका छन् ।
चार वर्षसम्म पनि साधारणसभा नगरिएको, हरहिसाब दुरुस्त नराखेको, आर्थिक हिनामिना गरेको, आफूखुसी कर्मचारी नियुक्त गरेकोलगायतका आरोप उनीहरुले लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>