इटहरीका मेघराज खुट्टाले मूर्ति बनाएर विश्व कीर्तिमान राख्ने तयारीमा

सबलाङ्ग मानिसले पनि अपाङ्ग मानिसको शैलीबाट चमत्कारिक कार्य गरेर आफ्नो प्रतिभालाई गिनिज बुकमा लेखाउने तयारी गरेका छन् भन्दा कतिलाई अचम्म लाग्न सक्छ।
तर इटहरीका ३२ वर्षीय मेघराज अशेष तिम्सिना शारीरिकरुपमा पूर्ण सबलाङ्ग भइकन पनि खुट्टाले विभिन्न आकृतिका मूर्ति तथा दुवै आँखामा पट्टी लगाएर हातले विभिन्न बिम्ब झल्कने मूर्ति निर्माण गर्न सक्षमछन्। रिपोर्टर्स क्लबमा आज उनले पत्रकार सम्मेलन गरी आफूले सोही शैलीबाट विगतमा निर्माण गरेका मूर्तिको वृत्तचित्र प्रस्तुत गरे।
विगत १६ वर्षदेखि मूर्ति निर्माणमा क्रियाशील तिम्सिनाले अपाङ्ग मानिसलाई प्रेरणा प्रदान गर्नका लागि आफूले गएको नौ वर्षदेखि त्यस्तो अभ्यास गरेको र नेपाल र नेपालीको गौरवका लागि अब आफ्नो प्रतिभालाई गिनिज बुकमा अभिलेख गर्न चाहेको बताए।
'फिलिम' नामक नेपाली चलचित्रमा अभिनयसमेत गरेका तिम्सिनाले नौ वर्षअघि इटहरीको काव्यबाटिकामा खुट्टाले मूर्ति बनाएको जानकारी दिँदै अहिलेसम्म हात र खुट्टाले गरी ५ सयभन्दा बढी मूर्ति निर्माण गरिसकेको पनि बताए। nagarik, photo : ashesh facebook



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>