पत्रकारसहित महिलालाई कालोमोसो

गलत आरोप लाएर बद्नाम गरेको भन्दै मोरंगको बेलबारीमा एक पत्रकार र एक जना महिलालाई स्थानियले कुटपिट गरेर कालोमोसो दलेका छन् ।
बेलबारीबाट प्रकाशन हुने फाइट साप्ताहिकका कार्यकारी सम्पादक मनोज विश्वकर्मा तथा स्थानिय मञ्जु सार्कीलाई कालोमोसो दलिएको हो ।
स्थानिय जीवन भेटवालले आफूलाई बलात्कार प्रयास गरेको आरोप महिलाले लगाएपछि आरोप गलत भएको भन्दै पत्रकार विकसहित सार्कीलाई स्थानियले कुटपिट गरेर कालोमोसो दलेका थिए ।
महिला र पत्रकार विकले आरोप लगाउँदै इलाका प्रहरी कार्यालय बेलबारीमा मौखिक उजुरी दिएपछि आरोपको विषयमा गाउँमा छलफल गरिएको र छलफलले भेटवाल निर्दोष रहेको देखिएपछि कुटपिट गरेको भेटवाल समुहले जनाएको छ ।
कुटिएको भन्दै विक र सार्की प्रहरीमा पुगेपछि प्रहरीले दुवै पक्षलाई बोलाइ गरेको छलफलमा आइन्दा अनावश्यक आरोप नलगाउने र मिलेर बस्ने भनी मिलापत्र गरेको इलाका प्रहरी कार्यालय बेलबारीका सइ सुनेन्द्र अधिकारीले बताए ।
sawn 5, sunsari


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>