काठ तस्करीको आरोपमा रेन्जर पक्राउ

विराटनगर  -  लामो समयदेखि काठ तस्करीमा सहयोग पुर्याएको आरोपमा जिल्ला वन कार्यालय मोरङका रेन्जरसहित दुई जनालाई आज पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

 मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वनबाट सखुवाको गोलाई काठ ओसारपसारमा सहयोग गरेको आरोपमा रेन्जर मोहम्मद सलाउद्दिन अन्सारी र लेटाङका हरि निरौलालाई पक्राउ गरी इलाका वन कार्यालय बेलवारीमा राखिएको छ।

पक्राउ परेका निरौला र रेन्जर अन्सारीलाई ५४ क्यूफिट सखुवाको गोलाई काठसहित इलाका प्रहरी कार्यालय लेटाङले पक्राउ गरेको हो। मोरङ जिल्लामा विभिन्न सामुदायिक वनबाट व्यापक रुपमा काठ चोरीतस्करी हुन लागेकाले प्रहरीले सुरक्षा सर्तकता बढाएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक भूपेन्द्र कार्कीले बताए।
यता इलाका वन कार्यालय बेलवारीका प्रमुख झाले काठ चोरी तस्करी गर्नेलाई कुनै हालतमा नछोड्ने बताए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>