डिजेलमा पानी फेला !
Posted by
purwanews
Published on
Wednesday, July 17, 2013
सुनसरीको इटहरीस्थित साथी पेट्रोल पम्पबाट खरिद गरी हालिएको डिजेलमा पानी फेला परेको छ । विराटनगर-कटारी सञ्चालन हुने ‘सुपर पञ्चकन्या’ ना २ ख ५४६० नम्बरको बसमा हालिएको १०० लिटर डिजेलमा पानी फेला परेको हो ।
पानीसहितको डिजेलको कारण गाडी सिरहाको मिचैयाबाट कटारी चल्न नसकेको अवस्थामा ग्यारेजमा देखाउँदा पानी मिसिएको कारण इन्जिन पम्प काम नलाग्ने भएको यातायात धनी रोशन बानाले बताउनुभयो ।
यस सम्बन्धमा पम्पका लेखा प्रमुखसँग जानकारी राख्दा बाँकी रहेको डिजेल साटी दिने बताए पनि हालसम्म नदिएको यातायात धनी बानाले बताउनुभयो ।
रासस
प्रतिक्रिया दिनुहोस् >>