हात्ती आतंक घटाउन हात्तीको प्रजनन नियन्त्रण

हात्ती आतंक घटाउन भारतको बंगाल सरकारले हात्तीको प्रजनन् नियन्त्रण गर्ने भएको छ ।
भारतीय जंगली हात्तीको बढ्दो संख्याका कारण नेपाल र भारतका विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षति बढ्न थालेपछि भारतको पश्चिम बंगाल सरकारले नियन्त्रणको नयाँ योजना लागु गर्ने भएको हो ।
एक सय १२ वटा जंगली हात्तीको संख्या १० वर्षमा बढेर ६ सय ६५ पुगेको भारतको पश्चिम बंगालका हात्तीहरु नेपाल आउने गर्छन् । भारतीय क्षेत्रमा वासस्थान र आहारको कमी भएपछि भारत तथा नेपालका गाउँ र वस्तीमा पस्ने हात्तीलाई नियन्त्रण गर्न हात्तीको प्रजनन प्रक्रिया मै नियन्त्रण गर्ने नीति लिएको जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
एक दशकमा हात्तीको संख्या चार गुणाले बढेपछि तीव्रबृद्धि रोक्न गर्भ निरोधक बाहेक अर्को उपाय नभएकाले सो कार्य अगाडि ल्याइएको भारतीय पक्षले जानकारी दिएको प्रमुख भण्डारीले बताए ।
औषत ६० वर्ष आयु भएको एउटा पोथी हात्तीले आफ्नो जीवनमा १२ वटा सम्म वच्चा जन्माउन सक्ने जनाइएको छ । जन्मदर घटाउन प्रयोग गरिर्ने  पोर्सिन जोना पेलुसिडा’ भ्याक्सिन हात्तीलाई हेलिकप्टरको सहयोगमा लगाइने र एउटा हात्तीमा यो भ्याक्सिन प्रयोग गर्न एक सय ५० अमेरिकी डलर खर्च हुने विज्ञहरुको भनाई छ ।

हात्ती आतंकले खेती बाँझै

तीन दशकयता जंगली हात्तीबाट पीडित बन्दै आएका बाहुनडाँगीवासीले आधाभन्दा बढी जग्गामा खेती नगरी बाँझै छाडेका छन् । हात्ती पीडित बाहुनडाँगीका २, ५, ८ नम्बर वडाका किसानले हात्ती आतंकले गर्दा अघिल्लो वर्ष बाली उठाउन नपाएपछि यो पटक जमिन बाँझै छोड्न लागेका हुन् । सयौंको संख्यामा हात्ती आएर खेतीबाली खाइदिने गरेपछि किसानहरु निराश भएर जमिन बाँझै छोडेका हुन् ।
सरकारसं


ग हात्ती नियन्त्रणका लागि पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि जमिन बाँझै छोड्नु परेको स्थानीय धर्मप्रसाद सुवेदीले बताए । जिल्ला वन कार्यालय झापाको तथ्याङ्कअनुसार गत वर्ष झापाको बाहुनडाँगी क्षेत्रमा पश्चिम बंगालको महानन्द वाइल्ड लाइफ स्याङ्चुरी संरक्षित क्षेत्रबाट १ सय ७५ बढी हात्ती प्रवेश गरेका थिए । ती हात्तीलाई सो क्षेत्रमा फर्काउन ४५ दिन लागेको थियो ।
यस वर्ष पनि सय बढी संख्यामा हात्तीहरु बैशाखयता वाहुनडाँगी क्षेत्र प्रवेश गरिसकेको स्थानीयबासी बताउँछन् । जिल्ला वन कार्यालयको नेतृत्वमा हात्ती गस्ति नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियमित रुपमा गरिरहेको सहायक वन अधिकृत देवेन्द्र उप्रतीले बताए । उनका अनुसार यस वर्ष झापाको शान्तिनगर र बाहुनडाँगी क्षेत्रमा ६० वटा हात्तीको झुण्ड रहेकोले भारततर्फ फर्काउने कार्यमा गस्ति टोली परिचालन गरिएको छ ।

सौर्य तारवार 
बाहुनडाँगी वासीलाई हात्ती आतंकबाट मुक्ति दिलाउन जिल्ला वन कार्यालय झापाले विश्व बैंकसँगको सहकार्यमा १८ किलो मिटर क्षेत्रमा सौर्य तारवार लगाउन लागिएको उप्रेतीले बताए । जेठ दोश्रो साता विश्वबैंकका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेपछि हात्ती नियन्त्रणका लागि ८८ लाख ४० हजारको उपकरण सहितको आर्थिक सहयोगको तालिका पठाएको छ ।
यस वर्ष हात्तीको आक्रमणबाट झापामा ७ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएको जिल्ला वन कार्यालयले जनाएको छ । प्रति मृतक ३ लाखका दरले २१ लाख क्षतिपूर्ति बाँडीएको समेत कार्यालयले जनाएको छ भने प्रति घाइते ५० हजारसम्म उपचार खर्च दिइएको जनाइएको छ ।
पंकज शर्मा, झापा, असार १७
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>