इजीप्टमा सैनिक कु, राष्ट्रपति सैनिक हिरासतमा
Posted by
purwanews
Published on
Thursday, July 4, 2013
इजिप्टको सेनाले देशको संविधान निलम्बनको घोषणा गर्दै राष्ट्रपति मोहम्मद मोर्सीलाई पदबाट हटाएको छ ।
सेना प्रमुख अब्दुल फत्तह अल सिसीले टेलिभिजनमार्फत सम्बोधन गर्दै संवैधानिक अदालतका मुख्य न्यायाधीश अदली मन्सुरले नयाँ राष्ट्रपतिको चुनाव नहुँदासम्मका लागि सत्ता सम्हाल्ने घोषणा गर्नुभयो । देशको संकट समाधान गर्न या सैन्य हस्तक्षेपका लागि तयार रहन भन्दै राष्ट्रपतिलाई दिएको ४८ घण्टे अल्टिमेटम सकिए लगत्तै सेनाले त्यस्तो कदम चालेको हो । आफ्नो सम्बोधनमा सेना प्रमुख सिसीले राष्ट्रपति मोर्सी इजिप्टका नागरिकको माग पूरा गर्न असफल भएको भन्दै देशको बहुमतको आव्हान विरुद्ध सेना मुख र आँखा बन्द गरेर बस्न नसक्ने भएकाले हस्तक्षेप गर्नुपरेको बताउनुभयो । सेनाले राष्ट्रपति मोर्सीसँगै उहाँको फ्रिडम एण्ड जस्टिस पार्टीका शीर्ष नेतालाई बन्दी बनाएको छ ।
सेना प्रमुखको सम्बोधन लगत्तै मुस्लिम ब्रदरहुडको स्वामित्वमा रहेको टेलिभिजन बन्द गराईएको र मिश्र ट्वान्टीफाइभ च्यानलका व्यवस्थापकलाई गिरफ्तार गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । सुरक्षा फौजले अल जजिराको इजिप्ट टेलिभिजन च्यालन मुबाशेर मिश्रमा छापा मार्नुका साथै थुप्रै कामदारलाई गिरफ्तार गरेको छ । राष्ट्रपति मोर्सीले सेनाको कदमलाई सैन्य कू भन्दै आलोचना गर्नुभएको छ ।
मोर्सीको राजीनामा माग गर्दै आएका प्रदर्शनकारीहरुले खुशीयाली मनाएका छन् भने समर्थकले विरोधी र सेनाका सामू नझुक्ने बताएका छन् । सेनाले राजधानी कायरो नियन्त्रणमा लिएको छ ।
-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस् >>