पुल चुडिएपछि दुई जिल्ला संपर्क बिहिन

          
राजु थापा  / संखुवासभा

 संखुवासभाजिल्लाको शितलपाटी गाविस र भोजपुर जिल्लाको मुलपानी गाविस जोड्ने अरुण खोलामा रहेको झोलुङ्गे पुल २ दिन अगाडि माथी बाट खसेको पहिरोले चुडाएपछि  जिल्लाका २ गाविसको सम्बन्धबिच्छेद भएको छ ।
संखुवासभा र भोजपुर जिल्ला जोड्ने झोलुङ्गे पुल को लठारो  पहिरोले चुडाएपछि दुई जिल्लाका मानिसहरुलाई आवतजावत गर्न  समस्या भएको भोजुर जिल्लाका मुलपानी गाविसका रमेश गिरी ले बताए ।
पुल चुडिएपछि भोजपुर जिल्लाको मुलपानी गाविस तथा आसपासका  बासीन्दाहरुलाई किनमेल र कृषि सामग्री बिक्रि गर्नसंखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी आउन पाएका छैनन ।
पहिरोले पुल लगेपछि दुई गाविसको सम्बन्धबिच्छेद भएको भन्दै दुबै गाविसका स्थानियहरुले झोलुङ्गे पुल तत्काल पुननिर्माण गरिदिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

राजु थापा 
 असार ३१

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>