डिएसपी द्वारा सिपाहीलाई मरणासन्न हुनेगरी कुटपिट

इलाका प्रहरी कार्यालय काकडभिट्टाका डिएसपी नलप्रसाद उपाध्यायले सुपारी तस्करलाई सहयोग गरेको आरोपमा मातहतका एकजना सिपाहीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।
 
डिएसपीको कुटपिटबाट घाइते भएका सिपाही मोहनकुमार दाहालको झापा चारआलीस्थित मनकामना हस्पिटलमा उपचार भइरहेको छ । घटना अनुसार असार २९ गते साँझ ८ बजे सशस्त्रका एक जना प्रहरीसँगै दाहाल सुपारी तस्करी हुने नाकामा ड्युटी गर्दै थिए । ड्युटीमा रहेको बेला  उपाध्यायले कार्यालयमा बोलाएर अन्धाधुन्ध कुटपिट गर्दा दुवै कान सुन्न छोडेको  दाहालले बताए ।  
 
डिएसपीले उनलाई लगातार १० मिनेट कुटपिट गरेको उनको भनाइ छ। । कुटपिटपछि युनिफर्ममै हिरासतमा राखेको र भोलिपल्टमात्र गम्भीर बिरामी भएपछि उपचारका लागि हस्पिटलमा भर्ना गरिएको हो ।
 
डिएसपी उपाध्यायले भने सामान्य कुटपिट मात्र भएको जिकिर गर्दै भने,' मेची खोलामा सुपारी तस्करलाई सघाइरहेको भेटिएपछि मैले थप्पड हानेको हो । उनको कानमा पहिलेदेखि नै समस्या रहेछ, त्यसकै असर परेको होला । '
 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>