मुलुकको ६५ जिल्ला औलो रोगको जोखिममा


मुलुकको ६५ जिल्ला औलो (मलेरिया) रोगको जोखिममा रहेकाले रोग नियन्त्रणका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक देखिन्छ।
औलो रोगले मानिसलाई छिट्टै प्रभावित पार्ने ज्यान पनि लिन सक्ने भएकाले नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय गरी एकीकृत नियन्त्रण अभियान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि सरोकारवालाको जोड छ।
तथ्याङ्कअनुसार, औलो प्रभावित जिल्लामध्ये इलाम, झापा, मोरङ, धनुषा, महोत्तरी, सिन्धुली, बाँके, बर्दिया, चितवन, सर्लाही, नवलपरासी, कैलाली कञ्चनपुर गरी १३ जिल्ला उच्च जोखिममा रहेका छन्।
सोलुखुम्बु, भक्तपुर, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालीकोट, मुगु सिन्धुपाल्चोक गरी १० जिल्ला भने औलो मुक्त जिल्लामा पर्दछन्।
सरकारले अन्य जिल्लामा जस्तै बाँके जिल्लामा पनि औलो रोग नियन्त्रणका लागि सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा औलोको जाँच उपचार गर्ने व्यवस्था मिलाएको भने नियन्त्रणका लागि लामखुट्टे मार्ने किटनाशक औषधि छकर्ने चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनस्वास्थ्य अधिकृत अन्देश्वर चौधरीले बताउनुभयो।
सन् २००६ मा बाँके जिल्लाको फत्तेपुर, होलिया गङ्गापुरमा महामारीका रूपमा फैलिएको औलो रोगबाट ३३ जनाको मृत्यु भएपछि यस जिल्लामा औलो रोग नियन्त्रणको विशेष अभियान नै सञ्चालन गरिँदै आएको छ। त्यसपछि भने सो रोगबाट कसैको मृत्यु भएको छैन।
यस जिल्लाको औलो रोग प्रभावित २० गाविसमध्ये जोखिममा रहेका फत्तेपुर, लक्ष्मणपुर, काँलाफाँटा, कोहलपुर रझेना गाविसमा समेत रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिँदै आएको छ।
यसैबीच, औलो रोगको जोखिममा रहेका बाँके जिल्लाका १५ गाविसका नागरिकलाई नेपाल रेडक्रस, बाँकेलेसुपानेट झुलवितरण सुरु गरेको छ।
रेडक्रस, बाँकेका वरिष्ठ प्रशासकीय अधिकृत ईश्वरी रेग्मीका अनुसार, पपुलेसन सर्विस इन्टरनेसनल संस्था रेडक्रस केन्द्रीय कार्यालयबीच सुपानेट झुल वितरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि रेडक्रस, बाँकेलाई करिब ६० हजार थान झुल प्राप्त भएको छ।
जिल्लाको राप्ती नदी क्षेत्रका लक्ष्मणपुर, कटकुइया, कालाफाँटा, नरैनापुर, गङ्गापुर, फत्तेपुर, मटेहिया, बेतहनी, कम्दी, बनकट्टी, होलियाका सबै घरपरिवारलाई बैजापुर, बिनौना, कचनापुर तथा खासकुश्मा गाविसका गर्भवतीका लागि झुल वितरण गरिनेछ।
त्यसैगरी, ती गाविसमा रहेका सबै बर्थिङ सेन्टर, नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना भएका गर्भवती तथा सुत्केरी, क्षयरोग निवारण केन्द्रका डट्स उपचारका बिरामीलाई पनि झुल उपलब्ध गराइने छ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार, ओखतीसहितको विशेष प्रविधिबाट तयार गरिएको सुपानेट झुल वितरण गरिएपछि ती गाविसका करिब ९४ हजार नागरिक औलो रोगबाट सुरक्षित हुने विश्वास गरिएको छ। झुलको ओखती प्रभाव गुणस्तर तीन वर्षसम्म रहने जनाइएको छ।
सन् २००६ मा जिल्लाको फत्तेपुर, गङ्गापुर होलियामा महामारीका रूपमा कडा खालको औलोको सङ्क्रमण फैलिँदा ३३ जनाको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयको अगुवाइमा औलो रोग नियन्त्रण त्यसबाट नागरिकको सुरक्षाप्रति विशेष कार्यक्रम सञ्चालन हुँदै आएको छ।
तर विगत पाँच वर्षको अन्तरालमा औलो रोगको उच्च जोखिममा रहेका गाविसका नागरिकलाई सुपानेट झुल वितरण नगरिँदा गत वर्षदेखि यस जिल्लामा औलोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै आएको छ।
गत वर्षमात्रै जिल्लामा कडाखालको औलो अर्थातप्लाजमोडियम फाल्सिफारमप्लाजमोडियम भाइबेक्सका १५ बिरामी भेटिनुले महामारीको सम्भावनालाई नकार्न नसकिने स्वास्थ्यकर्मी बताउँछन्।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>