अर्बको लक्ष्यमा ५ हजारको मह निर्यात !!!
Posted by
purwanews
Published on
Wednesday, July 10, 2013
सरकारको लक्ष्य पूरा भएको भए यस वर्ष मात्रै महको निर्यात १ अर्ब रुपैयाँभन्दा बढी हुनुपथ्र्यो । अहिले नै विदेशबाट आउने मागलाई मात्रै पूरा गर्नसके ५० करोड रुपैयाँ त सजिलै मह बेचेर कमाउन सकिन्थ्यो । तर वर्षको १० महिना बितिसक्दा मह निर्यातबाट भएको वास्तविक आम्दानी ५ हजार रुपैयाँ मात्रै छ । जसअनुसार आर्थिक वर्ष २०६९/७० मा प्रतिमहिना औसत ५ सय रुपैयाँको निर्यात भएको छ । अर्थात महिनाको एक किलो ।
यही औसतमा बढ्ने हो भने वर्षभरिको मह निर्यात ६ हजार रुपैयाँ मात्र पुग्ने छ । यो तथ्यांक सरकारको निर्यात बढाउन र तथ्यांक राख्न स्थापित निर्यात प्रवर्द्धन केन्द्रको हो । यति मात्रै होइन दातृ निकायको सह...योगमा सरकारले ३ वर्षअघि तयार पारेको मुलुकको निर्यात सम्भावना भएका १९ वस्तुमध्ये एक हो । चालू आर्थिक वर्षमा यी १९ मध्ये १३ को निर्यात प्रत्येकको १ अर्ब नघाउने लक्ष्य सार्वजनिक गरेको थियो । जसमा मह पनि एक भएको वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

उक्त महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेकै वर्ष मह निर्यातको उक्त भयावह तथ्यांक सार्वजनिक भएको छ । 'महको गुणस्तर र व्यावसायिक विस्तारमा ध्यान दिन सकिएन,' केन्द्रका निर्देशक ईश्वरीप्रसाद घिमिरेले भने, 'त्यसले गर्दा निर्यात ह्वात्तै घटेको हो ।' मह मात्रै होइन नेपालको तुलनात्मक लाभ भनिएका १३ मध्ये ५ वटाको मात्रै निर्यात बढेको छ । जसमध्ये अदुवाको निर्यात सबैभन्दा धेरै २ सय १७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै निर्यात घटेको मह नै हो । गत वर्षको भन्दा मह निर्यात ९७ दशमलव ५ प्रतिशतले घटेको छ ।
नेपाल केन्द्रीय मह उत्पादक संघका अनुसार गुणस्तरीय उत्पादन गरी बजार प्रवर्द्धन गर्न सक्ने हो भने वाषिर्क १० लाख किलो मह निर्यात गर्न सकिन्छ । नेपाली मह औसत किलोको ५ सय रुपैयाँमा बिक्छ । हिमाली मह त किलोको १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्न सक्ने व्यवसायी बताउँछन् ।
सरकारको लक्ष्य छोडेर विदेशबाट आउने मागलाई मात्रै पूर्ति गर्न सकिने हो भने तत्काल महिनाको ५ देखि १० करोड रुपैयाँको निर्यात गर्न सकिन्छ । संघका सदस्य कमलबहादुर राईले सरकारले अनुदान दिए अझै सम्भावना टरिनसकेको बताए । 'मह प्रशोधन गर्ने मेसिनको अभाव छ,' उनले भने, 'अनुदानको व्यवस्था गरे गुणस्तरीय मह उत्पादन गर्न सकिन्छ र निर्यात बढ्छ ।'
दशकअघिसम्म युरोप नेपाली महको ठूलो बजार थियो । पछि अखाद्य वस्तु मिसिएको भनेर डेनमार्कलगायत मुलुकले नेपालको मह लिन छाडेपछि ैनिर्यात निक्कै घट्यो । गत वर्षसँग मात्रै पनि तुलना गर्ने हो भने निर्यात झन्डै ९८ प्रतिशतले घटेको छ ।
निर्यात घटे पनि देशभित्रको खपत भने बढिरहेको संघको भनाइ छ । यसमा करिब १२ हजार किसान संलग्न छन् । आर्थिक वर्ष २०६८/६९ मा देशभित्र करिब २० लाख किलो मह खपत भयो । यसले देशभित्र करिब एक अर्बको कारोबार भएको देखाउँछ ।
चितवन, दाङ, रुपन्देही, नवलपरासी, सर्लाही, बैतडीलगायत जिल्लामा बढी मह उत्पादन हुन्छ । नेपालमा युरोपियन -मेलिफेरा), लोकल -सेरेना), जंगली -भीर) माहुरीलगायतको खेती हुन्छ । युरोपियन -मेलिफेरा) ले करिब ६० प्रतिशत बजार ओगटेको छ । यसैगरी लोकल माहुरीले ३८ प्रतिशत र अन्य माहुरीको बजार २ प्रतिशत छ ।
मह व्यवसायीले पनि गुणस्तर बढाएर अन्तर्राष्ट्रिय बजारमा लैजान पहल नगरेकाले निर्यात घट्दै गएको निर्देशक घिमिरेले बताए । 'महको सही बजार पहिचान नहुँदा कृषकलाई पनि समस्या भएको छ,' उनले भने । यसका लागि कृषि मन्त्रालय र व्यवसायीबीच सहकार्य गर्न जरुरी रहेको उनले औंल्याए ।
-राजु चौधरी

प्रतिक्रिया दिनुहोस् >>