मट्टितेल र ग्यास रोकेपछि भुटानमा हलचल
Posted by
purwanews
Published on
Thursday, July 11, 2013
लामो समयदेखि भारतले छिमेकी मुलुक भुटानलाई दिँदै आएको मट्टितेल र खाना पकाउने ग्यासको अनुदानमा एक्कासी रोक लगाएको छ ।
एक वर्षअघि भुटानका प्रधानमन्त्री जिग्मे थिन्लेले चीनका पदाधिकारीसँग ब्राजिलको रियो दि जेनेरियोमा भेट गरी २० वटा गाडी लिएका थिए । कुनै जानकारीबिना चिनियाँसँगको त्यो भेटदेखि नै रुष्ट भएको भारतले त्यसकै पृष्ठभूमिमा यसरी अनुदान रोक लगाएको अनुमान गरिएको समाचार टाइम्स अफ इन्डियामा प्रकाशित छ । भारतले एकाएक अनुदान रोक्दा आउँदो जुलाई १३ तारिखको भुटानको चुनावलाई समेत प्रभावित गरेको छ । ग्याँस र मट्टितेलको भाउ दोब्बर बढेपछि अहिले भुटानको आधा जनसंख्या यसबाट प्रभावित भएको छ।
भारत र चीनबीच रहेको सानो भुपरिवेष्ठित राज्य भुटानसँग भारतको सधैँ न्यानो र सहयोगी भूमिका रहँदै आएको थियो । भारतको आर्थिक लगानी रहेको थुप्रै परियोजना भुटानमा संचालन भइरहेका छन् । तर, यस्तो बेला चीनसँग भुटानका प्रधानमन्त्रीले मित्रता बढाएपछि भारतले पूर्वजानकारी बिनै भुटानमा मट्टितेल र ग्याँसको आपूर्ति रोक लगाएको अनुमान गरिएको छ । भारतले लगानी गर्ने अन्य परियोजनामा पनि भुटानले लगानीकर्ताको विकल्प खोज्नुपर्ने विश्लेषण गरिएको छ ।
बिनाजानकारी दैनिक उपभोग्य सामानमा लगाएको यो रोकले भारत र भुटानबीचको विवादरहित दुईपक्षीय सम्बन्ध विवादास्पद बनाइदिएको छ । विगतमा कहिल्यै नभएको सम्बन्ध भुटानले चीनसँग सम्बन्ध गाँसेपछि भारत भुटानसँगको सम्बन्धमा केही पछि हटेको देखिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।
यसरी एकाएक आपूर्ति रोक लगाइएकोबारे भुटानका अन्तरिम सरकार प्रमुख सोनाम टोग्बेले विदेशमन्त्री सलमान खुर्सिदलाई कारण सोधेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार बु्रनाई र सिंगापुरबाट फर्किएका खुर्सिदलाई भारतस्थित भुटानी दूतावासले भेटघाटको योजना तय गर्न दिल्ली विमानस्थलमै पुगेका थिए । थिन्ले सरकारले चिनियाँ पदाधिकारीसँग रियोमा भेटेकै बेलादेखि भारतीयले भुटानीसँगको सम्बन्धमा चिसो आएको आशंका गरिएको थियो ।
थिन्ले भने चीनका पदाधिकारीसँगको त्यो भेटलाई आफ्नो सरकारको पालामा आएको परराष्ट्र नितिको ठूलो छलाङ मान्छन् । तर, पनि भुटानीहरु त्यही भेटका कारणमात्रै भारतले अनुदान कटौती गरेको ठोकुवा गर्दैनन् ।
भारतीय आयल निगमले भने भुटानलाई दिँदै आएको अनुदानलाई भारतीय सरकारकै निर्देशन अनुसार रोक लगाएको हो । चुनावको संघारमा रहेको भुटानमा यसरी भारतको यस्तो दैनिक उपभोग्य सामानको आपूर्ति रोकले थिन्लेको चुनावलाई प्रभावित पार्न खोजिएको अनुमान गरिएको छ ।
(setopati)

प्रतिक्रिया दिनुहोस् >>