नेतालाई सोध्नैपर्ने प्रश्नहरु

"यहाँहरू जुनसुकै विचार नजिक भए पनि अहिले हामीले इतिहासमै पहिलोपटक मुलुक विभाजित मनस्थितिमा भएको महसुस गर्नुपरेको निर्वाचनको अगाडि विभाजित मनस्थिति यति पेचिलो देखिएको , आगामी संविधानसभाको स्वरूप कस्तो होला भनेर सोच्नुपर्ने भएको ।"
निजी सम्पत्तिको सुरक्षाको लागि कस्तो दृष्टिकोण ? कुनै हदबन्दी लगाई सम्पत्ति स्थानान्तरणका लागि मौका दिनुपर्छ वा राज्यले हदबन्दी लगाई हदभन्दा माथिको सम्पत्तिलाई जफत गर्नुपर्छ ?
 

Bottom
हाम्रो संविधानसभाको दोस्रो निर्वाचनको मिति घोषणा भइसकेको मिति घोषणासँगै केही राजनीतिक दलहरूले निर्वाचन हुन नदिने भन्दै विरोध सुरु गरिसकेका छन् भने अर्का केही समूह मिति घोषणा भए पनि निर्वाचन हुन सक्दैन भन्न थालेका छन् यहाँहरू जुनसुकै विचार नजिक भए पनि अहिले हामीले इतिहासमै पहिलोपटक मुलुक विभाजित मनस्थितिमा भएको महसुस गर्नुपरेको निर्वाचनको अगाडि विभाजित मनस्थिति यति पेचिलो देखिएको , आगामी संविधानसभाको स्वरूप कस्तो होला भनेर सोच्नुपर्ने भएको


मलाई अहिले पनि पहिलो संविधानसभाको निर्वाचनताका जनतामा देखिएको ऊर्जा उत्साहको सम्झना ताजै राजनीतिक रंग विचार जसको जे सुकै भए पनि सबै जनता परिवर्तनको पक्षमा थिए परिणामस्वरूप मुलुकका एक दर्जनभन्दा कम राजनीतिक दलहरूको संविधान लेखनमा प्रभावशाली नियन्त्रण थियो भने साना दलहरू तिनै प्रभावशाली दलहरूको निर्णयमा सहमत हुनुपर्ने अवस्था थियो संविधानसभाले तोकिएको समयभित्र संविधान निर्माण गर्न नसकेपछि कयौंपटक म्याद थपियो त्यसैका लागि अर्बौं रुपैयाँ खर्च भयो आखिर मध्यरातमा सभा विघटन भयो

यस्तो ठूलो अप्रिय अनुभवपछि हामी पुनः संविधानसभाको दोस्रो निर्वाचनको तयारीमा छौं, संविधान निर्माणकै लागि तर पहिलेजस्तो एकत्रित भएर होइन, विभाजित मनस्थितिका साथ परिणाम संभवतः एउटा त्रिसंकु संविधानसभा हुनेछ जसमा दुई दर्जनभन्दा बढी राजनीतिक खेलाडीहरू हुनेछन्

एकपटक विचार गरौं, पहिलो संविधानसभामा साना राजनीतिक दलहरू ठूला राजनीतिक दलहरूसँग मिलेर संविधान निर्माणमा अघि बढ्न सकेनन् भने अबको संविधानसभामा दुईदेखि तीन दर्जन दल एकआपसमा विभाजित भई संविधानसभामा बसेको अवस्थामा संविधान निर्माण झनै सम्भव होला ?

जे भए पनि मलाई झिनो विश्वास , हामीले यसपटक संविधान पाउने छौं संविधानलाई एकैछिन अलग गरौं, मलाई आगामी निर्वाचनपछि गठन हुने सरकारको प्रधानमन्त्री सहजै छान्न सक्यौं भने आश्चर्य होला जस्तो लाग्छ मलाई थाहा , हामी यो महङ्गो, समय खाने झन्झटिलो अभ्यासबाट गुज्रनैपर्छ दोस्रो जमघटपछि पहिलो जमघटकै जस्तो कुनै मध्यरातमा सम्भवतः कुनै माध्यमबाट नेपालको संविधान जारी हुने

हाम्रा राजनीतिक गुरुहरूको सोच्ने काम गर्ने शैलीमा दैवी हस्तक्षेप भयो भने दोस्रो संविधानसभाको निर्वाचनमा मलाई विश्वास , हामी एउटा विन्दुमा पुग्छौं, जसले राजनीतिक विचार दलले प्रस्तावित संविधानको खाका तयार गरी सिधै जनता समक्ष लैजानेछन् अनुमोदनको मत माग्न यदि कुनै संविधानलाई कुनै स्पष्ट बहुमत प्राप्त भएन भने सबैभन्दा धेरै मत प्राप्त गर्ने तीनटा संविधानका मस्यौदा प्रस्तुत गर्ने राजनीतिक दलहरूलाई उनीहरूको प्रस्तावित मस्यौदामा संशोधन गरी अर्को चरणको मतदानमा लैजानु उत्तम हुनेछ अर्को चरणको मतदानबाट सिधै जनअनुमोदनको संविधान निर्माण गर्न सहज हुनेछ भन्ने मलाई लाग्छ किनभने संविधानको मस्यौदा जनसमक्ष प्रस्तुत गर्दा राजनीतिक दलहरूको शासन प्रणाली, संघीयताका आधारहरू, जनताको अधिकार स्वतन्त्रतालगायतका विषयमा प्रस्तुत दृष्टिकोण मुलुकभरका जनताले प्रत्यक्ष पढेर बुझेर आफ्नो मत दिने प्रजातान्त्रिक अधिकार उपयोग गर्नसक्ने अवस्था सिर्जना हुन्छ

उल्लेखित प्रक्रिया अबलम्बन गरी निर्वाचनमा जाँदा उनीहरूको विचारधारा तथा मुलुकको विकास तथा संविधान निर्माणमा उनीहरूको सोच दृष्टिकोणप्रति जनताले गम्भीरतापूर्वक मनन गर्ने अवसर पाउने छन् भने निर्णय गर्नुपर्ने संवेदनशील विषयप्रति पनि गम्भीरतापूर्वक निर्णय लिन सक्नेछन् यसै सन्दर्भमा संविधानसभा निर्वाचनको मतदानअघि सबै राजनीतिक दलहरूबाट निम्नलिखित एक दर्जन मुद्दामा स्पष्ट जवाफ माग गर्नु जरुरी देखिन्छः

.कस्तो राजनीतिक संरचनालाई समर्थन गर्नुहुन्छ ?

  •  संघीय गणतन्त्र/गणतन्त्र
  •  जनताको संघीय गणतन्त्र/जनताको गणतन्त्र
  •  हिन्दु संघीय गणतन्त्र/हिन्दु गणतन्त्र
  • अन्य कुनै प्रकारको राजनीतिक संरचना


. कस्तो प्रकारको विधायिकाको पक्षमा हुनुहुन्छ ? कतिवटा विधायिका कतिजना सांसदहरू ?

. कस्तो सरकारप्रमुख चाहनुहुन्छ ? संसदीय प्रधानमन्त्रीय पद्धति वा जनताबाट सिधै निर्वाचित सरकार या राष्ट्रप्रमुख वा राष्ट्रपति वा प्रधानमन्बीबीच शक्ति बाँडफाँड हुने प्रकारको ?


.जातीय वा भौगोलिक आधारमा राज्यको सीमांकन हुनुपर्छ भन्ने अवधारणालाई समर्थन गर्नुहुन्छ?

. हरेक राज्यमा कस्तो निर्वाचित विधायिका चाहनुहुन्छ? कति जना सदस्य, मुख्यमन्त्री, राज्यमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य तथा कस्तो कर्मचारीतन्त्र ?

. करप्रणाली कस्तो हुनुपर्छ? विभिन्न राज्यबीच सामान  स्थानान्तरण वा बिक्री व्यवस्थापनका लागि कस्तो संरचना प्रस्ताव गर्नुहुन्छ?

. सामाजिक तथा आर्थिक दृष्टिबाट पिछडिएका वर्गको उत्थानका लागि आरक्षण वा कोटा प्रबद्र्धन गर्नुहुन्छ?

. नागरिकको आधारभूत मानवअधिकार संरक्षण तथा अपराधीलाई संरक्षण दिने दण्डहीनता अन्त्य गर्न कस्तो व्यवस्था अपनाउनुहुन्छ?

.राज्य ब्यक्तिविरुद्धका अपराध जस्तै करणी, हत्या, मानव बेचविखन, आतंकवाद, भ्रष्टाचारजस्ता अपराधमा संलग्न अपराधीको सजायका लागि मृत्युदण्डको पक्षमा हुनुहुन्छ?

१०.राज्यको कस्तो आर्थिक संरचनाका पक्षमा हुनुहुन्छ? स्वतन्त्र बजारको पक्षधर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने आर्थिक संरचना, सरकारी नियन्त्रणमा रहने अर्थ व्यवस्था वा मिश्रित अर्थव्यवस्था ?

११. मुलुकको प्राकृतिक स्रोत जलस्रोत, सिमेन्ट, खनिज पदार्थ आदिको विकास परिचालनका लागि कस्तो व्यवस्थाको पक्षमा हुनुहुन्छ? निजी क्षेत्रलाई प्रबद्र्धन गर्ने, सरकारले सञ्चालन गर्ने वा मिश्रित
१२. निजी सम्पत्तिको सुरक्षाको लागि कस्तो दृष्टिकोण ? कुनै हदबन्दी लगाई सम्पत्ति स्थानान्तरणका लागि मौका दिनुपर्छ वा राज्यले हदबन्दी लगाई हदभन्दा माथिको सम्पत्तिलाई जफत गर्नुपर्छ ?

संविधान निर्माणका लागि जनताको बहुमत हासिल गर्न सम्पूर्ण राजनीतिक दल तथा तिनका नेतृत्वहरूले माथि उल्लेखित प्रश्नहरूको जवाफ नेतृत्वले कस्तो चाहन्छन् भन्नेभन्दा पनि जनताको बहुमतले कस्तो रुझान देखाउँछ भन्नेतर्फ ध्यान दिनु अत्यन्त जरुरी देखिन्छ सोही बमोजिमको जवाफ राजनीतिक दलहरूले तयार पार्नु उचित हुन्छ

पहिलो संविधानसभाको निर्वाचनजस्तै अबको निर्वाचनपछि बन्ने दोस्रो संविधानसभाले मुलुकको उज्वल भविष्य निर्माण गर्न संविधान निर्माण गरी जारी गर्नेछ भन्ने विश्वास मैले लिएको छु तर विगतको अनुभवले कदाचित संविधान निर्माण हुन नसकेको अवस्थामा अवलम्बन गरिने योजनाबारे पनि सोच्नुपर्छ भन्ने लाग्छ प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट राजनीतिक दलहरूले प्रस्तुत गरेको संविधान मस्यौदा जनअनुमोदन गरी जनताले जनताका लागि संविधान निर्माण गरी जारी गर्नसक्ने विन्दुमा उभिनुअघि पनि हामीले धैर्यतासाथ संविधानसभा भाग को माध्यमबाट अघि बढ्नुपर्छ भन्ने बुझाइमा छु मलाई लाग्छ, त्यो विन्दुमा उभिने दिन आउँदैन तर गहिरिएर सोच्दा त्यो दिन आउला कि भन्ने झिनो सोच मेरो मष्तिष्कमा कहिलेकाहिँ आउने गर्छ

-अनिल शाह

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>