कोसी ब्यारेजमा खतराको सूचक रातो झण्डा

अबिरल वर्षाका कारण सप्तकोसी नदीको कोसी ब्यारेजमा खतराको सूचक रातो झण्डा गाडिएको छ। आज मध्याह्न २ लाख ४३ हजार ९१० क्यूसेक प्रतिसेकेन्डको दरले पानीको बहाव भइरहेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटा ढोकामध्ये ३७ बटा खोलिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । एकलाख ५० हजार क्यूसेक प्रतिसेकेन्ड पानी कोसीमा बग्न थालेपछि रातो झण्डा राख्ने गरिन्छ । हिजो दिउँसोदेखि नै कोसीमा पानीको बहाव बढ्ने÷घट्ने क्रम जारी छ । हिजो साँझ कोसीमा २ लाख ७३ हजार ६ सय क्यूसेक प्रतिसेकेन्ड पानी बगेको थियो।
 कोसीमा पानीको बहाव बढेसँगै कोसीको पश्चिमी क्षेत्रमा रहेको श्रीलङ्का टापूतर्फ कटान सुरु भएको छ । श्रीलङ्का टापू कोसीको भङ्गालोको बीचमा पर्छ ।
कोसीले कटान थालेपछि सो क्षेत्रका सर्वसाधारण आतङ्िकत भएका छन ।
यो वर्ष कोशी नदीको पानीलाई पश्चिमतर्पm फर्काइएकाले सो क्षेत्रमा कटान भएको हो। पूर्वी तटबन्धतर्फको धरहरा टपन भन्ने ठाउँमा रहेको स्पर नम्बर २३–५२ देखि २३–७८ को बीचमा पानीको धार ठोकिरहेको छ । पानीको धारले पानीको बेग रोक्न लगाइएको प्रोकोपाइनहरु समेत बगाएर लगेको छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>