३५ वर्षिया महिला छोराछोरीसहित नहरमा हामफालिन् : एक वर्षिया छोरीको मृत्यु, छोरा बेपत्ता आमा बेहोस

सुनसरीको बराहक्षेत्र ६ की ३५ वर्षिया दमन्ती भट्टराई आफ्ना छोराछोरीसहित नहरमा हाम फालेकी छिन् । सोमबार विहान भएको घटनामा एक वर्षकी छोरी भुमिकाको मृत्यु भएको छ भने तीन वर्षिय छोरा सुजन बेपत्ता छन् ।
सुनसरी भरौल ३ स्थित विचपानी नरहको पुलबाट हामफालेर बेहोस भएकी दमन्ताको होस खुलेको थियो । उनलाई थप उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठान लगिएको छ ।
दुई हजार एक सय ५५ रुपैयासहितको पर्स, चप्पल र सल पुलमै राखेर उनले आफ्ना छोरा र छोरीलाई लिएर नहरमा फाल हानेकी थिइन् । पति मानसिक रोगी भएकोकारण दमन्ता पनि विक्षिप्त भएको हुनसक्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
१७ असार 


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>