धनकुटाको आहाले मह उत्पादनमा अगाडि

बेसार र अदुवा उत्पादनका लागी कहलिएको धनकुटाको दुर्गम आहाले गाविस पछिल्लो समय महले चिनिन थालेको छ । तरकारी र फलफूल खेतीमा हुने बिषदीको उच्च प्रयोग चरन र बासस्थानमा पर्दै गएको नकारात्मक प्रभावका कारण मौरी पालनको व्यबशायीकता संकटमा पर्दे गएपनि धनकुटाको आहाले गाविसका स्थानीयले मौरी पालन र मह उत्पादनलाई आम्दानीको माध्यम बनाउन सफल भएका हुन ।

जनजाती बहुलयता रहेको आहाले गाविसका आठसय ५४ घरधुरी मध्ये अधिकाशंले स्थानीय घारमा मौरी पालन गरेका छन । सिंचाई अभावले अन्न उत्पादनबाट खासै लाभ लिन नसकेका आहालेवसीका लागी पछिल्ला बर्षमा अदुवा र बेसारसँगै महको व्यापार पनि जीविकोपार्जनको माध्यम बनेको हो ।

कम लगानी र मेहेनतमा राम्रो आम्दानी हुन थालेपछि लोभिएका यहाँका प्रति परिवार किसानले पाँच देखि २० घारसम्म एप्पीस सेरेना र एप्पीस मेरिफेरा जातका मौरी पालेका छन । महको विक्रीबाट किसानले बार्षिक ८० हजार रुपैयाँसम्म कमाइ हुने बताएका छन । मौरी पालनका लागी कृषि कार्यालयबाट प्राविधिक सेवा–परामर्श नपाएको गुनासो गर्ने उनिहरुले आधुनिक घार र उन्नत प्रविधीको समेत माग गरेका छन् ।
(by Rajendra Devkota)


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>