ढुंगा गिटी निकासीको विरोध

धरान । नियम मिचेर जिल्ला विकास समितिले सामुदायिक वन क्षेत्रमा पर्ने सेउती खोलाबाट एक्साभेटर प्रयोग गरी ढुंगा गिटी निकासी अनुमति दिएको भन्दै एमालेको भातृसंस्था युवा संघ नेपालले विरोध गरेको छ । संघले ढुंगा गिटीको निकासीमा अवरोध समेत पुर्याएको छ ।
एकसाता अघि स्थानीय विकास अधिकारीको ठाडो आदेशमा ढुंगा गिटी निकासीको अनुमति पाएपछि ठेकेदारहरुले सुनसरीको पाँचकन्या क्षेत्रबाट ढुंगा गिटी निकासी थालेका थिए । युवासंघ पाँचकन्या गाउँ कमिटिले सो कामको विरोध गर्दै पानबारी र बाँझोगरा सामुदायिक वन क्षेत्रभित्र पर्ने सेउती खोलाबाट ढुंगा निकासी गर्न नदिने अडान लिएका छन् ।
उनीहरुले दुवै वन समूहका अध्यक्षहरुले ढुंगा गिटी उत्खनन् गर्न दिएको विरोधमा सम्बन्धित सामुदायिक वन कार्यालयमा तालाबन्दी समेत गरेका छन् । रातारात पैसाको प्रलोभनमा परी ठेक्का दिइ ढुंगा गिटी निकासी गराएको युवासंघले आरोप लगाएको छ ।
यता पानबारी सामुदायिक वनका अध्यक्ष मानबहादुर योञ्जनले सामुदायिक वनको चेक ड्याम निर्माणका लागि ५० हजार लिएको स्वीकारे । जिविसले १५ प्रतिशत वनलाई दिने, ३५ प्रतिशत नगरपालिका र गाउँ विकास समितिलाई दिने सहमति जनाउँदै ढुंगा गिटी निकासी थालेको जनाइएको छ ।
त्यस्तै बाँझोगरा सामुदायिक वनका अध्यक्ष टीका पाख्रिनले पनि समूहको हितका लागि ५० हजार लिएको स्वीकारे । व्यक्तिगत रुपमा कुनै आर्थिक चलखेल नभएको उनीहरुको जिकिर थियो ।
युवा संघका केन्द्रीय सदस्य ज्ञानदीप लिम्बूले भने, ‘आर्थिक प्रलोभनमा परी ढुंगा गिटी निकासी गरेको पाइयो ।’ उनले वन क्षेत्रमा एक्साभेटर प्रयोग गर्न नदिने र पूर्णकालिन रोक लगाउने बताए ।
यता स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले भने जिल्ला भित्रका सवै खोलाहरुमा ठेक्का लगाउने अधिकारी जिविसलाई भएको जिकिर गरेका छन् ।
जेठ ३१, भोजराज श्रेष्ठ



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>