सशस्त्र प्रहरी द्वारा चरेश बरामद
Posted by
purwanews
Published on
Friday, June 14, 2013
सशस्त्र प्रहरी बल सुरक्षा बेस गंगापुरबाट गस्तीमा खटिएको टोली र स्थानीय प्रहरीले जेष्ठ २९ गते राति बाँके जिल्लाको गंगापुर ७ जमुनीबाट करीब साँढे पाँच के.जी चरेश बरामद गरेको छ ।
त्यस ठाउँमा विक्रम तिवारीको घरको आँगनमा रहेको गहुँको भूसभित्र लुकाई छिपाई राखेको अवस्थामा टोलीले उक्त चरेश फेला पारेको हो ।
चरेश भेटिएपछि उक्त चरेश लुकाई राखेको आशंकामा निज तिवारी र अर्का एक जना तिखत मुरारीलाई समेत पक्राउ गरिएको छ ।
निजहरु दुवै जनालाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय भगवानपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस् >>