कृषिमा क्रान्ति ल्याउन सक्रिय युवा !!!

कृषिमा क्रान्ति ल्याउन सक्रिय युवा !!!

युवा सक्रिय नभएसम्म कृषिमा क्रान्ति ल्याउन सकिन्न भन्दै केही युवा मिलेर कृषि उत्पादन सुरु गरेका छन्। ललितपुरको विशङ्खुनारायण–२ स्थित स्थानीय जग्गा भाडामा लिएर १३ युवाले विभिन्न कृषि उत्पादन सुरु गरेका हुन्। गोदावरी कृषि उत्पादन तथा पशुपालन केन्द्र नामक कम्पनी दर्ता गरी २५ रोपनी जग्गामा विभिन्न तरकारी उत्पादन थालेका छन्।

युवाले गर्न लागेको काममा सुरुमा त स्थानीयवासीले विश्वासै गरेका थिएनन्, कम्पनीका साझेदार युवा ध्रुव बस्नेतले भनजे–‘के गर्दा रहेछन्, हेरौँला समेत भने। तर हामीले हिम्मत नहारिकन निरन्तर मेहेनत गरिरह्यौँ र अहिले उनीहरूले नै प्रशंसा गर्ने गरेका छन्।’ गत वर्ष कम्पनी दर्ता गरी काम सुरु गरेपनि स्थानीयवासीमाझ उनीहरूको कम्पनी निकै चर्चित भइसकेको छ। बस्नेतका अनुसार तरकारी धेरैजसो त स्थानीयस्तरमा नै बिक्री वितरण हुने गरेको छ। यसका लागि धेरै टाढासम्म बजार खोज्दै हिँड्नै पर्दैन। उक्त फार्ममा लगाइएको फर्सी, काउली, बन्दा, भन्टा, अकबरे खुर्सानीलगायतका तरकारी त उत्पादन हुने बित्तिकै स्थानीयवासी लिन आइपुग्छन्। ताजा र आफ्नै घर नजिकबाटै तरकारी लिन पाएपछि स्थानीयवासी समेत दङ्ग छन्।

यस फार्ममा हाल १० जना कामदार राखिएको छ। हाल सो फार्ममा थोपा सिँचाइबाट गोलभेँडाको उत्पादन पनि सुरु गरिएको छ। धेरैजसो तरकारी भारतबाट नै आयात गर्नुपर्ने बाध्यता रहेकाले अब नेपालका लागि नेपालमा नै तरकारी उत्पादन गर्ने लक्ष्य छ अर्का युवा कृष्णप्रसाद शर्माले भने। आफूलाई आवश्यक तरकारी किन आफैंँले उत्पादन नगर्ने त भन्ने सोँच आएकाले नै कम्पनी दर्ता गरी कृषि उत्पादन सुरु गरिएको उनले बताए । तरकारी बजारका लागि सबैले कालिमाटी नै रोज्छन्, ललितपुरमा तरकारीका लागि लगनखेल नै पुग्नुपर्छ, तर हाम्रो उद्देश्य सिधा ग्राहकसम्म पुग्ने हो, बस्नेतले भने– ‘आफ्नो बजार व्यवस्थापन आफैँले गर्नेछौँ।’

तेह्र जना युवा मिलेर सुरुमा रु २२ लाख लगानी गरिएको भएपनि त्यसले नपुगेपछि रु ६५ लाख पु¥याउनु परेको थियो, शर्माले भने– ‘लगानीसँगै उत्पादन पनि बढ्ने नै भयो, अब २५ रोपनीबाट १०० रोपनीसम्म फार्म फैलाउने छौँ, त्यसको लागि जग्गाको कुरा भइरहेको छ।’ दुग्धजन्य पदार्थको पनि उत्पादन गर्ने योजना रहेकाले आगामी वर्षदेखि गाईपालन पनि सुरु गर्न आँटेका छौँ, आफ्नो योजना सुनाउँदै शर्माले भन्नुभयो–‘‘विस्तारै कृषि तथा पशुपालनमा लगानी र उत्पादनलाई विस्तार गर्दै लैजानेछौँ।’’

कम्पनीमा संलग्न युवा सबै स्नातक तहसम्म अध्ययन गरेका छन्। पढेका युवा पनि कृषि तथा पशुपालनमा लाग्न सक्छौँ है भन्ने सकारात्मक सन्देश दिइरहेका युवाको पक्षमा सुरुमा त आफ्नै परिवार पनि साथमा थिएन। साझेदार युवा बस्नेत भन्नुहुन्छ–‘‘हामीले जग्गा भाडामा नै लिइसकेर काम सुरु गरेपछि भने विस्तारै गाउँलेले पनि विश्वास गर्न थाले।’’ तरकारी नै उत्पादन गरी उनीहरूलाई नै बिक्री गर्न थालेपछि भने साँच्चै केटाहरूले राम्रो गरेछन् है भनेर हौसला दिन थालेको अनुभव बस्नेतको छ।

युवा सक्रिय नभएसम्म कृषिमा क्रान्ति ल्याउन सकिन्न भन्दै केही युवा मिलेर कृषि उत्पादन सुरु गरेका छन्। ललितपुरको विशङ्खुनारायण–२ स्थित स्थानीय जग्गा भाडामा लिएर १३ युवाले विभिन्न कृषि उत्पादन सुरु गरेका हुन्। गोदावरी कृषि उत्पादन तथा पशुपालन केन्द्र नामक कम्पनी दर्ता गरी २५ रोपनी जग्गामा विभिन्न तरकारी उत्पादन थालेका छन्।
युवाले गर्न लागेको काममा सुरुमा त स्थानीयवासीले विश्वासै गरेका थिएनन्, कम्पनीका साझेदार युवा ध्रुव बस्नेतले भने –‘के गर्दा रहेछन्, हेरौँला समेत भने। तर हामीले हिम्मत नहारिकन निरन्तर मेहेनत गरिरह्यौँ र अहिले उनीहरूले नै प्रशंसा गर्ने गरेका छन्।’ गत वर्ष कम्पनी दर्ता गरी काम सुरु गरेपनि स्थानीयवासीमाझ उनीहरूको कम्पनी निकै चर्चित भइसकेको छ। बस्नेतका अनुसार तरकारी धेरैजसो त स्थानीयस्तरमा नै बिक्री वितरण हुने गरेको छ। यसका लागि धेरै टाढासम्म बजार खोज्दै हिँड्नै पर्दैन। उक्त फार्ममा लगाइएको फर्सी, काउली, बन्दा, भन्टा, अकबरे खुर्सानीलगायतका तरकारी त उत्पादन हुने बित्तिकै स्थानीयवासी लिन आइपुग्छन्। ताजा र आफ्नै घर नजिकबाटै तरकारी लिन पाएपछि स्थानीयवासी समेत दङ्ग छन्।
यस फार्ममा हाल १० जना कामदार राखिएको छ। हाल सो फार्ममा थोपा सिँचाइबाट गोलभेँडाको उत्पादन पनि सुरु गरिएको छ। धेरैजसो तरकारी भारतबाट नै आयात गर्नुपर्ने बाध्यता रहेकाले अब नेपालका लागि नेपालमा नै तरकारी उत्पादन गर्ने लक्ष्य छ अर्का युवा कृष्णप्रसाद शर्माले भने। आफूलाई आवश्यक तरकारी किन आफैंले उत्पादन नगर्ने त भन्ने सोँच आएकाले नै कम्पनी दर्ता गरी कृषि उत्पादन सुरु गरिएको उनले बताए । तरकारी बजारका लागि सबैले कालिमाटी नै रोज्छन्, ललितपुरमा तरकारीका लागि लगनखेल नै पुग्नुपर्छ, तर हाम्रो उद्देश्य सिधा ग्राहकसम्म पुग्ने हो, बस्नेतले भने– ‘आफ्नो बजार व्यवस्थापन आफैँले गर्नेछौँ।’

तेह्र जना युवा मिलेर सुरुमा रु २२ लाख लगानी गरिएको भएपनि त्यसले नपुगेपछि रु ६५ लाख पु¥याउनु परेको थियो, शर्माले भने– ‘लगानीसँगै उत्पादन पनि बढ्ने नै भयो, अब २५ रोपनीबाट १०० रोपनीसम्म फार्म फैलाउने छौँ, त्यसको लागि जग्गाको कुरा भइरहेको छ।’ दुग्धजन्य पदार्थको पनि उत्पादन गर्ने योजना रहेकाले आगामी वर्षदेखि गाईपालन पनि सुरु गर्न आँटेका छौँ, आफ्नो योजना सुनाउँदै शर्माले भन्नुभयो–‘‘विस्तारै कृषि तथा पशुपालनमा लगानी र उत्पादनलाई विस्तार गर्दै लैजानेछौँ।’’

कम्पनीमा संलग्न युवा सबै स्नातक तहसम्म अध्ययन गरेका छन्। पढेका युवा पनि कृषि तथा पशुपालनमा लाग्न सक्छौँ है भन्ने सकारात्मक सन्देश दिइरहेका युवाको पक्षमा सुरुमा त आफ्नै परिवार पनि साथमा थिएन। साझेदार युवा बस्नेत भन्नुहुन्छ–‘‘हामीले जग्गा भाडामा नै लिइसकेर काम सुरु गरेपछि भने विस्तारै गाउँलेले पनि विश्वास गर्न थाले।’’ तरकारी नै उत्पादन गरी उनीहरूलाई नै बिक्री गर्न थालेपछि भने साँच्चै केटाहरूले राम्रो गरेछन् है भनेर हौसला दिन थालेको अनुभव बस्नेतको छ।

-by Rajendra Devkota

प्रतिक्रिया दिनुहोस् >>

Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>