बलात्कारी पिताको शिर छेदन

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई के सजाय दिँदा ठिक होला ? जन्मकैद वा फाँसी वा यस्तै अरु केही ? कानुनले केही सजाय देओस् कि नदेओस्, बलात्कृत हुने १८ वर्षिया किशोरीले आफ्नो बलात्कारी बाबुको शिर काटेर सजाय दिएकी छिन् ।
पपुआ न्यु गिनीमा एक किशोरीले आफ्नै बाबुको शिर कादिदिएकी हुन् । घरमा श्रीमती र दुई सन्तान नभएको मौका पारेर छोरीलाई रातभर बलात्कार गर्ने ती व्यक्तिलाई बिहानीपख घाँस काट्ने हतियारले घाँटी रेटेर मारिएको हो । बिहान पनि बलात्कार गर्न खोज्दा आफूले बाबुको शिर छेदन गरेको ती किशोरीले स्वीकारेकी छिन् ।
किशोरीको बयानपछि गाउँलेहरु उनको पक्षमा उभिएका छन् । उनीहरुले किशोरीलाई कानुनी कारवाहीबाट बचाउन सुरक्षा घेरा बनाएर राखेका छन् । प्रहरीले उनलाई पक्राउ गर्न नहुने गाउँलेको भनाई छ ।
प्रभावकारी कानुन अभावमा बालिकाहरुलाई यौन व्यवशायको लागि खुलेआम किनबेच गरिने पपुआ न्युगिनीलाई बलात्कारको स्वर्ग पनि भनिन्छ । उक्त देशमा दुई तिहाइ महिला घरेलु हिंसाको शिकार हुन्छन् भने ५० प्रतिशत यौन शोषणमा पारिने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
asar 4


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>