भारतमा बाढी: भगवानले आफैलाई बचाउन सकेनन् (फोटोफिचरसहित)
Posted by
purwanews
Published on
Tuesday, June 18, 2013
पश्चिम नेपालमा आएको बाढीको प्रभाव भारतमा अझ बढी परेको छ । भारतको उत्तराखण्डस्थित रुद्रप्रयागमा मात्रै २० जनाभन्दा बढी मानिसको मृत्यु भएको खबर छ ।
सोही ठाउँमा रहेको चर्चित तीर्थस्थल ऋषिकेशमा स्थापना गरिएको शिवको विशाल मुर्ती बाढीले बगाएको छ । बाढीका कारण सयौं तीर्थयात्रीहरु बाटोमै अलपत्र परेका छन् । विभिन्न ठाउँमा गरी २५ हजारभन्दा बढी मानिस फँसेका छन्, तीमध्ये १५ हजार जना विभिन्न ठाउँबाट तीर्थयात्रामा पुगेका मानिसहरु छन् ।
बाढीमा परी सय भन्दा बढी हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पानी पर्ने र बाढी आउने क्रम नरोकिएकोले यो संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
asar 4
प्रतिक्रिया दिनुहोस् >>
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)