हात्ती पीडित बाहुनडाँगी रातभर प्रहरीसँगको भिडन्तमा
Posted by
purwanews
Published on
Saturday, June 15, 2013
हात्ती आतंकबाट पीडित रहँदै आएका झापा बाहुनडाँगीका बासिन्दा शुक्रबार रातभर प्रहरीसँगको भिडन्तमा परे। जंगली हात्तीको वितन्डाबारे बुझ्न जिल्ला बन कार्यालयका प्रमुख विष्णुप्रसाद भण्डारी, विश्व बैंकका एक प्रतिनिधिसहितको टोली बाहुनडाँगी पुगेको थियो।
उनीहरु पुगेका के थिए जंगली हात्ती गाउँतिरै लम्कियो। हात्ती देखेपछि हतपत भण्डारीको टोली फर्किने तयारीमा जुट्यो। हात्तीको आतंक सहँदै आएका गाउँलेहरुले उनीहरुलाई रोके। 'हाम्रो पीडा भोगेरमात्र जानुस्' भन्दै गाउँलेले रोकेपछि डिएफओ भण्डारीले प्रहरी बोलाए।
हात्तीको निहूँमा स्थानीय र प्रहरी रातभर भिडे। प्रहरीले लाठी चार्ज र अश्रु ग्याससमेत प्रहार गर्यो। प्रहरीको आक्रमणपछि प्रतिकारमा उत्रिएका गाउँलेले ढुंगा प्रहार गरिरहे।
घटनामा १९ गाउँले र केही प्रहरी पनि घाइते भए। प्रशासनको बल प्रयोगको विरोधमा अहिले गाउँलेहरु आलडाँगीमा भेला भएर विरोध गरिरहेका छन्। nagarik, asar 1
प्रतिक्रिया दिनुहोस् >>