जीप दुर्घटनामा तीनको मृत्यु, १३ जना घाइते

ओखलढुङ्गाको केतुके ३ मा जिप पल्टिँदा तीन जनाको ज्यान गएको छ । सोलुबाट हर्कपुर जाँदैगरेको बा १० च ३४०१ नं. को जिप अनियन्त्रित भइ पल्टिँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा दोलखा झाकु १ का छ वर्षिय रोसन खड्का, ३२ वर्षिय केशव खड्का र उदयपुर गाइघाट २ का ५० वर्षिय राम कुमार केसी छन् । अन्य १३ जना घाइतेमध्ये सिराहाका ४० वर्षिय हिरादेवी सिंहलाई हेलीकप्टरबाट काठमाडौं पुर्याइएको छ भने अन्यको जिल्ला अस्पताल ओखलढुङ्गामा उपचार गरिएको पुर्वी क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
asar 1


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>