राष्ट्रपतिलाई उपचारको लागि जापान लगिदै

 राष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्यमा  समस्या देखिए पछि थप उपचारको लागि जापान लाने तयारी गरिएको छ । राष्ट्रपति डा. यादवको ठूलो आन्द्रामा घाउ देखिएको छ ।
हिजो (शुक्रवार) शिक्षण अस्पताल महाराजगंजमा उपचार गराए पछि आज (शनिवार) धापासी स्थित ग्राण्ड अस्पतालमा भएको उपचार पछि डाक्टरहरुको टोलीले थप उपचारको लागि तत्काल अन्यत्र लान सुझाव दिएको छ ।

राष्ट्रपति यादवको उपचारमा डा। शशि शर्मा नेतृत्वको टिम संलग्न छ । राष्ट्रपतिका  डाक्टरहरुको टोलीको शनिवार स्वास्थ्य मन्त्रलायमा भएको आकस्मिक बैठकले तत्काल थप उपचारको लागि जापान लाने निर्णय गरेको हो ।

राष्ट्रपति डा. यादवलाई डाक्टरहरुको निगरानीमा शितलनिवासमै राखिएको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार सकेसम्म आईतवार नै जापान लाने गरि सरकारको तर्फबाट आवस्यक प्रकृया अगाडि बढी सकेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>