परदेशी विम्बहरुको पाँचौं संस्करण

परदेशी विम्बहरु साहित्यिक वार्षीकको पाँचौं संस्करण बजारमा आएको छ । भारतीय सेनामा रहेका नेपाली साहित्यकारहरुद्वारा प्रकाशित साहित्यिक पुस्तक धरानमा आइतबार विमोचन गरिएको छ ।
परदेशी साहित्यिक स्रष्ठाहरुको संग्रहित विम्बको भाषाविद् प्रा.डा टंक न्यौपाने र अग्रज पत्रकार हर्ष सुब्बाले लोकार्पण गरे । १६० पृष्ठ लामो पुस्तकमा कथा, कविता, हाइकु, गजल, भयवाद, नयाँ विधाअन्तर्गत केस्रा, क्वान्टम साहित्य, ऐतिहासिक स्थल हतुवागढी साथै डायस्पोरा, परदेशी र प्रवासीका विषयमा चर्चा परिचर्चा समेटिएका छन् । विमोचनपछि भाषाविद् प्रा.डा. न्यौपानेले अहिलेका साहित्यहरुलाई विचारले निर्देशित गरेका हुनाले पुस्तकमा आएका नयाँ विधा पनि त्यसैको स्वरुप भएको त्यो सकरात्मक भएको उल्लेख गरे ।
त्यस्तै पत्रकार सुब्बाले विदेशी साहित्यले नेपाली साहित्यहरुमा मौलिक पन हराइसकेकोमा चिन्ता व्यक्त गरे । उनले परिणाममूखि नेपाली साहित्य हुन नसकेको दाबी गरे ।
परिचर्चाकार पत्रकार राजेश विद्रोहीले डायस्पोरा, प्रवासी र परदेशीहरु छुट्टिएको पाइदैन, त्यसप्रति परदेशी साहित्यकारहरुमा चिन्ता देखिएको बताए । साथै, परिचर्चाकार प्राध्यापक गोपीकृष्ण खतिवडाले डायस्पोरा र परदेशीबीचको भिन्नतामा के हो भन्ने बारेमा नेपालका विद्धानहरुलाई चिन्तन गर्नका लागि उहाँहरुले आग्रह गरेको देखिएको बताए । कार्यक्रममा पुस्तकका कार्यकारी सम्पादक सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा भएको थियो ।
धरान, १९ जेठ
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>