कोरियामा लगालग ३ जनाको मृत्यु

दक्षिण कोरयामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।
ईपिएस मार्फत् १ वर्ष १ महिनाअघि यहाँ आएका भोजपुर चम्पे ८ का ३१ बर्षिया लोकेन्द्र (स्माली) मगर सुतेकै कोठामा मृत फेला परेका हुन् ।
ख्यडंगीदोस्थित पुछनमा रहेको फर्निचर कम्पनीमा कार्यरत उनी आज बिहान ६ बजे मृत अवस्थामा भेटिएको स्थानीय समाजसेवी एवम् खेलाडी उमेश बस्नेतले बताए ।
स्थानीय प्रहरीले सो कम्पनी मालिक र अन्य सँग घटना बारे बयान लिइरहेको पनि उनले बताए । प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु हृदयघातका कारण भएको बताइए पनि थप विवरण आइ नसकेको सौलस्थित नेपाली दूतावासले बताएको छ । सो कम्पनीमा दुईजना नेपाली कार्यरत थिए । मृतक मगरका एक पत्नी र एक छोरी रहेको बताइएको छ।
यसैगरि कोरियन पुरुषसँग विवाह गरेकी धादिङकी २५ बर्षीया गौरीमाया तामाङले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
गिम्छन सहरमा बस्दै आएकी तामाङले आफू बसेको घरमा शुक्रबार दिउँसो सलमा झुण्डिएर आत्महत्या गरेकी हुन् । तामाङ राइस केक पसल चलाएर बसेका ५० वर्षीय छाङ व्यङ दोसँग गत अक्टोबरमा विवाह गरेर नोभेम्बर अन्तिममा कोरिया आएकी थिइन् । उनीहरुले एक म्यारिज ब्युरोको सहयोगमा विवाह गरेका थिए । मृतकको शव प्रहरीले स्थानीय अस्पतालमा राखेको छ ।
कोरीयामा पछिल्लो एक महिनाको बिचमा तीन जना नेपालीको मृत्यु भइसकेको छ। तीमध्ये एक पुरुष र एक महिलाले आत्महत्या गरेका छन् ।
jestha 17


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>