दूधमा लागत घटाइने
Posted by
purwanews
Published on
Sunday, June 2, 2013
कृषि विकासमन्त्री टेकबहादुर घर्ती मगरले दूधमा आत्मनिर्भर बनाउन पशुपालन अभियान सञ्चालन गरिने बताएका छन् । विश्व दुग्ध दिवसको अवसरमा ललिपुरमा आयोजित कार्यक्रममा मन्त्री घर्तीले दूध उत्पादन लागत घटाई कृषकलाई राहत दिने कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । ‘उत्पादन लागत न्यूनीकरण गर्न घाँस खेतीलाई व्यावसायिक बनाउनुपर्ने मन्त्रीको भनाइ थियो ।
‘व्यावसायिक घाँस खेती सञ्चालन हुन सके कृषकको उत्पादन लागत कम हुन सक्छ,’ मन्त्री घर्तीले भने, ‘निजी, सहकारी र राज्यको सहकार्यमा दूध उत्पादन बढाउन अत्यावश्यक छ ।’ दूध उत्पादन वृद्धि गर्न पशु चौपाया पालनमा ध्यान दिनुको विकल्प नभएको भन्दै सरकारले यसलाई विस्तार गर्दै जाने बताए । आउँदो बजेटमा पशुपालन क्षेत्रमा लगानी वृद्धि गरी दूधको लागत घटाई आयात प्रतिस्थापन गरिने उनको भनाइ छ ।
मन्त्री घर्तीले उत्पादन लागत घटाउनुका साथै दूधको बजार व्यवस्थापन र पशु स्वास्थ्यमा समेत किसानलाई सहयोग गर्ने आश्वासन दिए । कृषि विकास र पशुपालन क्षेत्रमा सहुलियत दरमा र सहजै ऋण उपलब्ध गराउनका लागि राष्ट्र बैंकसँग सहकार्य गरिने मन्त्री घर्तीको भनाइ छ । कृषकका लागि ब्याजमा ३ प्रतिशत अनुदान र पशु बिमा गरिएको मन्त्री घर्तीको भनाइ थियो । दुग्ध विकास संस्थानका महाप्रबन्धक सियाराम सिंहले अझै ३ लाख लिटर दूधको अभाव भइरहेकाले तत्काल दूध उत्पादन वृद्धि गर्न आवश्यक भएको बताए ।
मिल्क होलिडे हटाउन ठाउँ–ठाउँमा मिल्क प्लान्ट सञ्चालन गर्न आवश्यक भएको उनको भनाइ थियो । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले दूूध उत्पादन कम भए पनि मिल्क होलिडे गर्नुपर्ने अवस्था आउनु विडम्बना भएको बताए । ‘दूधमा सन्ुतलन मिलाउन आवश्यक छ,’ किसानले उचित लाभ पाउने गरी सरकारले अनुदान दिन आवश्यक रहेको उनको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा।प्रभाकर पाठकले मागअनुसार दूधको उत्पादन हुन नसक्दा सरकारले निर्धारण गरेको मापदण्ड पूरा हुन नसकेको बताए ।
कृषि विकास रणनीतिले दुग्ध क्षेत्रलाई दोस्रो प्राथमिकतामा राखेको भन्दै प्रवक्ता पाठकले डेरी सञ्चालन गर्न चाहनेलाई सरकारले कर छुट दिन लागेको छ । कृषिको व्यवसायीकरण गर्नका लागि खेर जाने जमिनमा खेती सञ्चालन गर्न लागेको उनको भनाइ छ । गरिबी निवारण कम गर्न दुग्ध व्यवसाय क्षेत्रले महŒवपूर्ण योगदान पु¥याएको भन्दै उनले सरकारले यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए । कार्यक्रममा विभिन्न उत्कृष्ट डेरी उद्योगलाई सम्मान गरिएको थियो ।
by Rajendra Devkota
प्रतिक्रिया दिनुहोस् >>
