चर्को विरोधका बिच चुनावको मिति तोकियो
संविधान सभाको चुनाव मंसिर ४ गते हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते संविधान सभाको चुनाव गर्ने मिति तय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री छविराज पन्तले संविधान सभा निर्वाचन ऐनसम्बन्धी अध्यादेश राष्ट्रपति कहाँ सिफारिस गरेको बताए।
बैठकले सर्वोच्चका पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको नेतृत्वमा निर्वाचन क्षेत्र पुनःसंरचना आयोग गठन गरेको छ। ५ सदस्सीय टोलीलले एक महिनाभित्र प्रितवेदन पेस गर्न भनिएको छ।
चार दल सम्मिलित उच्च स्तरीय राजनीतिक समितिमा निर्वाचनसम्बन्धी ऐनमा पटकपटक विवाद भएपछि चार दिनअघि सरकारको जिम्मामा छाडेको थियो। सरकारको निर्णयलाई नै स्वीकार गर्ने समितिले निर्णय गरेको थियो।
चुनावको मिति तोकिएपनि चुनावको प्रक्रियादेखि औचित्यमै विभिन्न दलले प्रश्न उठाइरहेकाले चुनाव हुने भने निश्चित छैन ।
चुनावको मिति घोषणा गर्न एमाओवादी, कांग्रेस, एमाले तथा मधेसी मोर्चाले दबाब दिंदै आएका थिए । नेकपा-माओवादी, संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम नेपालगायतले भने चुनाव घोषणाको विरोध गरेका छन् ।
निर्वाचन क्षेत्र पुननिर्धारण आयोग
सरकारले पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा निर्वाचन क्षेत्र पुननिर्धारण आयोग गठन गरेको छ ।
आयोगमा भूगोलविद् नेत्रप्रसाद धिताल, समाजशास्त्री डम्बर चेम्जोङ, प्रशासनविद् मधुनीधि तिवारी सदस्य छन् । प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्ल सदस्य सचिव तोकिएका छन् । आयोगलाई ३० दिनको म्याद दिइएको छ ।
jestha 30
प्रतिक्रिया दिनुहोस् >>