पूर्वमा पानीमा खेल्ने पार्क बन्यो (फोटोफिचरसहित)
Posted by
purwanews
Published on
Friday, June 14, 2013
पानीहरुसँग खेलेर गर्मीमा मज्जा लिन चाहनेहरुको लागि इटहरी र खनारको सिमानामा हेल्थ क्लब सहितको ओसियन पार्क निर्माण सम्पन्न भएको छ । यस्तो पार्क पुर्वाञ्चलमै पहिलोपटक सञ्चालनमा आएको पार्क सञ्चालक समितिका अध्यक्ष डम्बर तामाङले बताए ।
पार्कभित्र पौडी, हेल्थक्लबका साथै प्ले प्यान, रेनी डान्स, वेभ पुल, फेमिली स्लाइड, किड स्लाइड तथा बडी स्लाइडको व्यवस्था रहेको छ । पाँचसय भन्दा बढी एकैपटक रमाइलो गर्न सक्ने रिसोर्ट उद्घाटन अघि नै स्वीमिङपुलमा मानिसहरुको आकर्षण देखिन्छ । निकट भविष्यमा स्वस्थ खानासहितको रेष्टुरेन्ट समेत बनाइने तामाङले बताए ।
११ करोडको लगानीमा निर्मित पार्कमा अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पुलका साथै आकर्षक पानीको फोहरा र समुद्रको जस्तै कृत्रिम तट समेत बनाइएको छ ।
सुनसरी, जेठ ३१
प्रतिक्रिया दिनुहोस् >>
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
