बाढीपीडितद्वारा राहत सामग्री अस्वीकार
Posted by
purwanews
Published on
Thursday, June 20, 2013
दार्चुला – बाढीको जोखिमले विस्थापित भएका खलंगा २, ४ र ५ का स्थानीयले राहत सामाग्री बुझ्न अस्वीकार गरेका छन्। महाकाली नदीमा आएको बाढीबाट पीडित बनेका दार्चुलाबासीले काठमाडौंबाट राहत लिएर पुगेको सरकारी टोलीप्रति आक्रोश ब्यक्त गदैं अस्वीकार गरेका हुन्। घटनाको ३ दिनपछि ८ पोका औषधी र ५ सय थान कम्मल लिएर गृह मन्त्रालयका उपसचिव प्रदीप कोइरालासहितको टोली पुगेपछि स्थानीय आक्रोश बनेका हुन्।
यसअघि दैवी प्रकोप उद्दार केन्द्रीय समितिले दार्चुलाको दैवी प्रकोप उद्दार समितिलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। बाढी पीडितले भारतीय पक्षले बाँध खोलेकाले क्षति भएको भन्दै यसबारे छानविन गर्नसमेत नेपाल सरकारसँग माग गरेका छन्।
यता कैलालीबाट नेपाली सेनाको हेलिकोप्टरले २२ क्वीन्टल चामल, ७ क्वीन्टल दाल, ६ क्वीन्टल चिनी, १०० लिटर तेल पुर्याएको छ। यसैगरी सीआरसीए, सुआरा र रेडक्रसले ७ क्वीन्टल खाद्यान्न वितरण गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस् >>