नांगो बलात्कारीको हल्लाका कारण आसाम त्रस्त : तीन जना मारिए
Posted by
purwanews
Published on
Thursday, June 20, 2013
भारतको आसाममा महिलाहरुलाई बलात्कार गर्न नग्न पुरुषहरु घुमिरहेको भन्ने भ्रामक हल्ला फैलिएपछि आतंकको सृजना भएको छ । हल्लाकै कारण तीन जना मारिएका छन् ।
शोणितपुर जिल्लामा महिलाको सुरक्षाको लागि स्थानिय पुरुषहरुले हतियारका साथ पहरा दिइरहेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् । पहरा दिने क्रममा एउटा सवारी साधनमा सवार तीन जनालाई स्थानिय बालिशिहा गाउँका गाउँलेले कुटेरै मारेका छन् ।
नग्न पुरुष भएको आशंकामा सवारी रोकी सोधपुछ गर्ने क्रममा सवारीसाधनमा हुने युवाहरुले हातपात गरेपछि आफूहरुले उनीहरुलाई मारेको गाउँलेले प्रतिक्रिया दिएका छन् ।
असार ५
प्रतिक्रिया दिनुहोस् >>