सुधार्न नसक्ने अवस्थामा पुगे नेपाल का डेरी उद्योग !!!
Posted by
purwanews
Published on
Thursday, June 20, 2013
दैनिक ९ करोड रुपैयाँको कारोबार गर्ने डेरी उद्योग सुधार गर्न नसकिने अवस्थामा पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । दूधमा मानव स्वास्थ्यका लागि हानिकारक किटाणु ‘कोलिफर्म’ फेला परेपछि डेरी उद्योगको उत्पादन प्रक्रियामा सुधार गर्न नसकिने विभागले ठहर गरेको हो ।
एक सातादेखि दिनहुँ मुलुकका नाम चलेका डेरी उद्योगमा निरीक्षण थालेको विभागले नमुना परीक्षणपश्चात् उद्योगीकै लापरबाहीले दूधमा कोलिफर्मको मात्रा अत्यधिक भेटिएपछि सिल गर्न
थालेको छ ।
‘दूध उत्पादन गर्ने क्रममा उद्योगको चरम लापरबाही देखिएको छ,’ विभागकी महानिर्देशक जीवनप्रभा लामाले भनिन् । विभागको प्रयोगशालाले राजधान...ीका विभिन्न डेरीबाट उत्पादित १ मिलिलिटर दूधमा २ हजार ४ सय कोलिफर्म रहेको
देखाएको छ ।
‘यो भयानक समस्या हो । यस्तो अवस्थालाई सुधार गर्न गाह्रो छ । त्यसैले सिल गर्नतिर लागेका हौँ,’ उनले भनिन् । विभागले राजधानीका नाम चलेका पाँच डेरी र तिनीहरूका उत्पादन बन्द गरी कारबाही थालेको छ । दैनिक उपभोग्य पदार्थ दूधमा हानिकारक किटाणुको मात्रा डरलाग्दो हुन चरम लापरबाही भएको विभागको ठम्याइ छ । कोलिफर्मयुक्त दूध खाँदा झाडा–पखाला, वान्ता, जन्डिसका साथै पाचन प्रणालीमा समेत समस्या देखिने गर्छ ।
विभागको प्रयोगशालामा भएको परीक्षणले १ मिलिलिटर दूधमा २ हजार ४ सय कोलिफर्मको जीवाणु फेला परेको प्रवक्ता प्रमोद कोइरालाले जानकारी दिए । उनले दूध प्रशोधन गरी प्याक गर्ने समयमै ध्यान दिन नसक्दा दूधमा कोलिफर्मको प्रवेश भएको बताए । कोलिफर्म भएको खाद्य पदार्थमा अन्य रोगका जीवाणुसमेत सक्रिय हुने गर्छन् ।
प्रवक्ता कोइरालाले पाथराइज्ड (उमाल्ने र सेलाउने) नगर्ने वा दूधको प्याकेटको सुरक्षामा ध्यान नदिने गर्दा दूधमा कोलिफर्म फेला परेको बताए । ‘दूधलाई पाथराइज्ड नगर्दा वा प्याकेटको सुरक्षामा ध्यान नदिँदा यो समस्या आएको हो,’ उनले भने । डेरी उद्योगलाई ७३ डिग्री सेल्सियसमा १५ सेकेन्ड वा ६३ डिग्री सेल्सियसमा ३० मिनेट पाथराइज्ड गर्नुपर्ने प्रावधान छ ।
मापदण्डअनुसार नै पाथराइज्ड गरिएको दूध प्याकेटमा राख्ने क्रममा लापरबाही गरियो भने पनि कोलिफर्म भित्रिने उनले बताए । प्याकेटलाई राम्रो ठाउँमा सुरक्षित रूपमा नराखेको अवस्थामा कोलिफर्मका जीवाणु सर्ने र दूधमा भेटिने विभागले जनाएको छ ।
यसैबीच, राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी डेरी उद्योग संघका अध्यक्ष प्रदीप महर्जनले कोलिफर्मको मात्रा शून्य पार्न नसकिने जिकिर गरे । ‘दूधमा कोलिफर्मको मात्रा शून्य गर्न सकिन्न,’ उनले भने । सरकारले निरीक्षणका क्रममा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको दूधमा समेत कैफियत फेला परेको बताए पनि कारबाही नगरेको भन्दै व्यवसायीले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् >>