विष्णुपादुकामा अबरोध खुल्यो

वर्षाको कारण अवरुद्ध बनेको सुनसरीको विष्णुपादुकामा केहीबेर अघिबाट यातायातका साधन सञ्चालनमा आएका छन् ।
गएरातीको बर्षाको कारण विष्णुपादुका ३ र ४ नम्बर वडामा पर्ने बागखोला र पटनाली खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको धरानचतरा सडक केहीबेर अघिबाट सञ्चालनमा आएको हो ।
सशस्त्र प्रहरी वेश चतरा र प्रहरी चौकी चतराले अवरुद्ध सडक खुलाएपछि यातायात सञ्चालनमा आएको हो ।
सडक खुलाउन बिहानैदेखि सशस्त्र वेशका प्रहरी निरीक्षक रामप्रसाद सुवेदीको नेतृत्वमा १५ जना र प्रहरी चौकी चतराका प्रहरी सहायक निरीक्षक धनकुमार श्रेष्ठ नेतृत्वको टोलीमा ७ जना जवान खटिएका थिए ।
२२ जनाको संयुक्त प्रयासमा सडकमा बालुवा भरेको बोरा लगाएर अवरोध खुला गरिएको प्रहरी सहायक निरीक्षक धनकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>