झापामा सवारी दुर्घटनामा १० जना यात्रु घाईते, ७ को अवस्था गम्भीर

पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको दमक पाडाजुँगी सडक खण्डमा भएको सवारी दुर्घटनामा १० जना यात्रु घाईते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
केहीवेर अघि पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख ३६१५ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको बा ३ ख ९९७ नम्बरको माइक्रो आपसमा ठोकिएर दुर्घटना भएको हो ।
गम्भीर घाईतेहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी लगिएको र बाँकी ३ जनाको लाईफ लाइन अस्पताल दमकमा उपचार भईरहेको झापा प्रहरीले जनाएको छ ।
यो समाचार तयार पर्दासम्म सबै यात्रुको नाम थर खुल्न नसकेको झापाका प्रहरी निरीक्षक मोहन शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>